सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढ्यो

समाधान संवाददाता २०७७ मंसिर १८ गते १२:३८

काठमाडौं

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले उकालो लागेको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।

Advertisement

यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

Advertisement

यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ ।

तपाईको प्रतिक्रिया