६५ युनिट रगत संकलन

समाधान संवाददाता, पोखरा
युवाहरु सम्मिलित भएको सामाजिक संस्था लियो क्लब फिस्टेल लेकसिटी, संघम पिस चौतारीको संयूक्त आयोजनामा गरिएको कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ ।
रक्तदानमा युवा सहभागितासहित गरिएको रक्तदानले युवा वर्गलाई आकर्षण गराई रक्तदाताको संख्या वृद्धि गराउने उद्देश्य रहेको लियो जिल्ला अध्यक्ष आर्दशमोहन भट्टराईले बताए ।
लायन्स डिस्ट्रिक रक्तदान संयोजक बालकृष्ण शर्माले लायन्स अभियानमा रक्तदान मुख्य कार्यक्रम रहेको बताए ।
लियो क्लब पोखरा फिस्टेलका अध्यक्ष विदुर सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, रक्तदान अभियन्ता रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्ण थापा, रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवाली, लेकसिटीका अध्यक्ष अंकिता पौडेल, संघमका अध्यक्ष दिव्या न्यौपाने, सचिव जिना श्रेष्ठ लगायतले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया