आजको मौसम – गण्डकीका केही भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं
देशका केही ठाउँमा वर्षा पनि हुने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ।
साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ।
महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ – आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ
मंसिर १९ गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी स्थानमा आंशिक बदली रहनेछ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मंसिर २० गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानमा आंशिक बदली रहनेछ।
राती : प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ। बाँकी स्थानमा आंशिक बदली रहनेछ।
मंसिर २१ गते (आइतबार)
दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानमा सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानमा सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया