आजको मौसम – गण्डकीका केही भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं
देशका केही ठाउँमा वर्षा पनि हुने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ।
साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ।
महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ – आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ
मंसिर १९ गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी स्थानमा आंशिक बदली रहनेछ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मंसिर २० गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानमा आंशिक बदली रहनेछ।
राती : प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ। बाँकी स्थानमा आंशिक बदली रहनेछ।
मंसिर २१ गते (आइतबार)
दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानमा सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानमा सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया