गोयलको भ्रमणलाई ठूलो विषय नबनाऔं – परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय ठूलो बनाउन आवश्यक नभएको बताएका छन्।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा नेकपा तथा प्रतिपक्षी सांसदहरुले भेटबारे उठाएका जिज्ञासाहरुको जवाफ दिँदै ज्ञवालीले गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएकाले यो विषयलाई धेरै ठूलो बनाउन आवश्यक नरहेको बताए।
ज्ञवालीले भने, ‘गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं। उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन। प्रधानमन्त्री मोदीको सन्देश लिएर आउनुभएको हो।’
उनले दुई देश बीच राजनीतिक, व्यापारिक, धार्मिक, सांस्कृतिक भ्रमण हुने भन्दै अगाडि भने, ‘नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र? त्यसकारण यस्ता विषयलाई ठूलो बनाउन आवश्यक छैन।’
गोयलको भ्रमण अपारदर्शी भएको भन्दै नेकपा सांसद भीम रावल, कांग्रेस सांसद प्रकाशमान सिंहलगायतले उठाएका प्रश्नमा ज्ञवालीले जवाफ दिएका थिए।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया