थपिए १०२४ संक्रमित, २२०६ जना संक्रमणमुक्त

समाधान संवाददाता २०७७ मंसिर २० गते १६:४६

काठमाडौं

नेपालमा शनिबार १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

शनिबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

Advertisement

नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन्।

आज २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।

Advertisement

तपाईको प्रतिक्रिया