फेन्सी तथा रेडिमेड व्यवसायीको रक्तदान

समाधान संवाददाता, पोखरा
फेन्सी तथा रेडिमेड व्यवसाय संघले सामाजिक उतरदायित्व अन्तरगत शनिबार रक्तदान कार्यक्रममा गरेको छ ।
कार्यक्रममा ३२ युनिट रगत सकंलन भएको छ । पहिलो रक्तदाता माधवप्रसाद सिग्देललाई संघका अध्यक्ष प्रदिपकुमार मुल्मीले ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम सुरु गरे ।
फेन्सी तथा रेडिमेड व्यवसाय संघका अध्यक्ष प्रदिपकुमार मुल्मीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत फेन्सी तथा रेडिमेड व्यवसाय संघका प्रथम उपाध्यक्ष राजु पौडेलले गरेका थिए ।
कार्यक्रममा द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक एकनारायण पनेरु संघका संस्थापक अध्यक्ष कमलनाथ कुँवर पूर्वअध्यक्ष गिरिधारि अधिकारी संघका कानुनी सल्लाहकार जगनाथ ढकाल, संघका निर्वतमान अध्यक्ष केशवबहादुर खत्री रक्तसञ्चार केन्द्रका महेन्द्र केसी लगायतले रगतको महत्व र फेन्सी तथा रेडिमेड व्यवसाय संघले सामाजिक उतरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेकोमा धन्यवाद दिए ।
कार्यक्रम सञ्चालन संघका महासचिव यादव पोखरेलले गरेका थिए । कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक टोलीले आवस्यक सामग्रीसहित विशेष सहयोग गरेको थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया