फर्निचर व्यवसायी संघमा युवराज

समाधान संवाददाता २०७७ मंसिर २१ गते ७:०२

समाधान संवाददाता, पोखरा

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीको अध्यक्षमा युवराज बस्नेत चयन भएका छन् । शनिबार भएको १७ औं साधारणसभा तथा १० औं अधिवेशनले बस्नेत नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको निवर्तमान अध्यक्षमा प्रेमराज बस्यौला, वरिष्ठ उपाध्यक्षमा पूर्णशोभा गुरुङ, प्रथम उपाध्यक्षमा योमनाथ अर्याल, द्धितीय उपाध्यक्षमा बैनबहादुर गुरुङ र बेलबहादुर नेपाली, महासचिवमा रामजीप्रसाद तिवारी, सचिवमा योगा गौतम, कोषध्यक्षमा परमेश्वर दवाडी चयन भएका छन् ।

Advertisement

त्यस्तै सदस्यमा एकनारायण गौतम, विष्णु केसी, सूर्यप्रसाद भण्डारी, विकासकुमार आचार्य, शक्ति बराल र एसोसिएट सदस्यमा सूर्यप्रसाद सुवेदी चयन भए ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरे । उनले उद्योगलाई व्यवस्थित तवरले सञ्चालन गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताए ।

Advertisement

व्यवसायीको हकहितको संरक्षण गर्न प्रदेश सरकार सधैं कटिबद्ध रहेको बताउदै उनले निर्धक्क साथ उद्योगधन्दामा लगानी बढाउन उद्योग व्यवसायीलाई आग्रह गरे ।

‘अब हामी जथाभावी उद्योग सञ्चालन गर्न दिँदैनौं,कानुनको दायराभित्र ल्यायर सहज व्यवसाय गर्ने वातावरण मिलाउछौं,’ मन्त्री लम्सालले भने ।

उद्योगलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न प्रदेश सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापनाको योजना अगाडी बढाएको सुनाए । उनले फर्निचर सामग्रीहरु गुणस्तरीय र आकर्षकबनाउन समेत आग्रह गरे ।

संघका निवर्तमान अध्यक्ष प्रेमराज बस्यौलाले फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिन नसकेको गुनासो गरे । सरकारले व्यवसायीमैत्री वातावरण बनाउनतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया