को हुन् चन्द्रप्रकाशकी महारानी ?

समाधान संवाददाता २०७७ मंसिर २१ गते ९:५७

खिम लामिछाने काजी

लेखक तथा पूर्वसांसद चन्दप्रकाश बानियाँद्वारा ऐतिहासिक विषयमा लेखिएको उपन्यास हो ‘महारानी’ । जसले यस बर्षको मदन पुरस्कार समेत हात पार्न सफल भयो ।

उपन्यासमा बाइसे÷चौबिसे राज्यको इतिहासका धेरै कुराहरुलाइ उजागर गर्ने प्रयास गरिएको छ । एकातिर तत्कालिन स—साना राज्य रजौटाबीच अन्तर सम्बन्धको चर्चा गरिएको छ भने अर्कोतर्फ त्यस समयका जनताको जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

Advertisement

बाइसे राज्य पालाको भाषालाई पनि उपन्यासमा समेटिएको छ । जसले पुराना शब्द र तत्कालीन अवस्थाको बोलीचालीको भाषाबारे जान्न र बुझ्न मद्दत पुग्छ । तर कहिलेकाहीँखस डोटेली भाषाको अर्थ नबुझिने हो कि भन्ने डर पनि उत्तिकै छ । त्यसैले लेखकले बाठो भएर भाषा सम्बन्धमा क्षमा पनि मागेका छन् ।

यो उपन्यासले पृथ्वीनारायण शाहले एकिकरण गर्नुभन्दा अगाडीको नेपाललाइ बुझ्न धेरै सहयोग गर्छ । उपन्यासमा तत्कालीन राज्यकालमा स—साना राज्यहरु बीच हुने पारस्परिक खिचातानी, जालझेलबाट पार पाउन राजारजौटाले अपनाउने गरेका नीति,कूटनीति र चालबाजीलगायत ऐतिहासिक विषयवस्तुलाई स्थान दिइएको छ ।

Advertisement

लेखक बनियाँले भने अनुसार यो उपन्यासको आधार इतिहास हो र कथा काल्पनिक । अधिकांश घटनाहरु पात्र र भाषा इतिहासबाट लिइएको हो । त्यसैले यो सत्य तथ्यमा आधारित भएर गरिएको इतिहासको पुनः लेखनको अभ्यास पनि हो ।

तीन शताब्दी पूर्वको इतिहासलाई आधार बनाएर लेखिएको ‘महारानी’ उपन्यासमा मुख्य नायिका एक महिला अर्थात् देउपुरे राजकुमारी विश्वप्रभालाईप्रस्तुत गरिएको छ ।

तत्कालीन पर्वत राज्यको इतिहास, यहाँको, भाषा, संस्कृति, कला र किम्बदन्तीको बारेमा उपन्यासमा वर्णन गरिएको छ । बेनीमा रहेको महारानीस्थानमा पुजिने देवी महारानीको कथा बेनीको दोबिल्लास्थित शिवालय स्थापनासँग जोडिन्छ भन्ने जनश्रुति रहेको पाइन्छ ।

राजनीतिक उद्धेश्यपुरा गर्न एक महिलालाई कसरी राज्य तथा भारभारदारले संवेदनहीन भई उपयोग गर्ने गर्थे भन्ने उल्लेख गरीएको छ ।

राजकुमारले २/३ वटा विवाह गर्दा पनि कुनै कानुनले रोकेको छेकेको देखिएको छैन । राजकुमार र राजकुमारी बीचको प्रेम सम्बन्धलाई परिवार, समाज र राज्यलाई अगाडी ल्याएर चोखो मायाप्रेमलाई मारिएको छ ।

तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो । हिउँद र बर्खा गरी राजा कहिले ढोलठाना र कहिले बेनी राजमुकाम तलमाथि सार्ने चलन रहेछ। त्यसैले ‘कहिले राजा ढोलठाना, कहिले राजा बेनी’ भन्ने लोक कथन अहिले पनि निकै प्रचलित पाहिन्छ ।

तत्कालीन पर्वत राज्यको इतिहास, यहाँको, भाषा, संस्कृति, कला र किम्बदन्तीको बारेमा उपन्यासमा वर्णन गरिएको छ । बेनीमा रहेको महारानीस्थानमा पुजिने देवी महारानीको कथा बेनीको दोबिल्लास्थित शिवालय स्थापनासँग जोडिन्छ भन्ने जनश्रुति रहेको पाइन्छ ।

जग्गा धनी शाक्यले उधौली उभौली गरिने तिथिका दिन महारानीको नाममा धुपधजा दिने थाले । गाइ गोठ सुरक्षार्थ महारानीको नाममा गरिने धुप धजा बिस्तारै ‘देउती’ को रुपमा पुजिन थालियो ।

उपन्यासका अनुसार बेनी बजारको पश्चिमपट्टिकुरिला खर्कमा अहिले पनि महारानी थान छ । रुखमुनी खुल्ला महारानीको पूजा गरिन्छ । तर उनी कुन देशकी महारानी थिइन् ?

महारानी देवी खासमा को हुन् ? कहिलेदेखि उनको पूजा गर्न थालियो ? महारानीको पूजा गरिनुको कारण के थियो ? जस्ता अनैकौं प्रश्नहरुको उत्तर यस उपन्यासमा पाइन्छ ।

महारानी विश्वप्रभाले राजकुमार मलेवमको प्रेमको मूल्यमा आफ्नो जीवन पुरै लथालिंग बनाएको थिइन् । उनले पर्वत राज्यलाई आफ्नो प्रेमी मलेवमकै महारानी जस्तै बनेर राज्य बिखण्डन हुनबाट जोगाइन् ।

राज्य टुक्रिनबाट बचाउन गरेको सहयोगको खातिर पर्वत राजाले विश्वप्रभालाइ ‘महारानी’ को सम्मान दिएका थिए । उनकै भावनाको कदर गर्दै सम्मान स्वरूप ‘मलेवम प्रदेश’ भनेर पर्वतको नयाँ नाम राखे ।

निरन्तर आफ्नो प्रतिकुल परिस्थितिले जीवनबाट बिरक्त बनेकी राजकुमारी विश्वप्रभा एकाएक हराइन् ।

उनी हराएको २ शताब्दी पछि कुरिलाखर्कस्थित राजभवन रहेको जमिन बेनीका ‘तुले वाँडा’ भनेर परिचित तुलबहादुर शाक्यको नाममा आयो ।

जग्गा धनी शाक्यले उधौली उभौली गरिने तिथिका दिन महारानीको नाममा धुपधजा दिने थाले । गाइ गोठ सुरक्षार्थ महारानीको नाममा गरिने धुप धजा बिस्तारै ‘देउती’ को रुपमा पुजिन थालियो ।

कालान्तरमा देउतीले ‘देवी भगवती’ को पुजा अर्चना गर्न थालियो ।

पर्वत राज्यको अखण्डताको निमित्त सारा सर्वस्व बलिदान गर्नसक्ने बिरांगाना विश्वप्रभालाइ अन्तत देवीको रुपमा पुजिन थालियो र आजपर्यन्त महारानी देवीको रुपमा पुजा अर्चना गरिँदै आइएको पाइन्छ ।

महारानी हुन नसकेको महारानी विश्वप्रभाको सेरोफेरोमा उपन्यास सरसर्ती बगेको छ । महारानी भएर राज्यमा उपस्थिति जनाउन नसके पनि अन्तमा राज्यले उनलाई ‘महारानी’ पद्वी दिएको छ । विशेष गरेर पर्वत राज्यको राजधानी बेनी र ढोरको सेरोफेरोकोमा उपन्यास लेखिएको छ ।

पर्वते गाउँले भाषा, परिवेश, दरबारीय षड्यन्त्र, माया प्रेम, भुर्इं मान्छेहरुको जीवनशैली आदीलाई समेटिएको छ ।

तत्कालीन परिवेशमा नारीको समर्पण, त्याग, वलिदानी, भूमीका र स्थानको बर्णन गरिएको छ । पढ्दै जाँदा पाठकलाई वर्तमानबाट बिगतमा पु¥याउन सफल छ यो उपन्यास ।

यो उपन्यासमा गर्वाधानले जेठो कि बच्चा जन्मेर जेठो भन्ने विषयको उजागर गरेको छ । त्यस्तै कुनै आफ्नै नजिकको आफन्तीलाईबेवास्ता गर्दा कतिसम्म हानी पर्न सक्छ भन्नेसमेत उपन्यासले प्रस्ट्याएको छ । त्यसैगरी २ राजकुमारीहरु देउपुरे राजकुमारी विश्वप्रभा र अर्घाखाँचीकी महलवसन्ताबीचको भिन्न स्वभावबारे वर्णन गरिएको छ ।

बेनीमा नै लेखकको घर भएकोले उपन्यासमा सबै घटना र स्थानहरुको वर्णन निकै मिहिन पाराले गरेका छन् ।

महारानी उपन्यासले पाठकलाई सुरुदेखि अन्त्यसम्म खुलदुली गराउँछ ।लेखक चन्द्रप्रकाश बानियाँले अन्य फुटकर कथा, उपन्यासलगायत थुप्रै रचनासँगै समसामयिक विषयमा स्तम्भसमेत लेख्ने गरेका रहेछन् । जसले गर्दा उनको यो उपन्यास भाषाशैली र शब्द संयोजन निकै प्रभावकारी छ ।

तपाईको प्रतिक्रिया