शववाहन किन्न सहयोग संकलन

समाधान संवाददाता, लेखनाथ
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले राजनीतिभन्दा माथि उठेर विकास निर्माणका कार्यमा लाग्नुपर्ने बताएका छन् ।
नागरिक परोपकार समन्वय संस्था कास्कीले शववाहन खरिदका लागि सञ्चालन गरेको अर्थ संकलन अभियान अन्र्तगत सातौं शृंखलाको शनिबार पोखरा–२७ कोे तालचोकमा भएको कार्यक्रममा जिसीले यस्तो बताएका हुन् ।
प्रजातान्त्रिक प्रक्रियामा चुनावका समयमा मात्र राजनीति हुनु पर्नेमा हाम्रो समाजमा जुनसुकै समयमा पनि राजनीति हुने गरेकाले विकास निर्माणका अभियान राम्रोसँग सञ्चालन हुन नसकेको उनको भनाइ थियो ।
कार्यक्रममा मेयर जिसीले नागरीक परोपकार समन्वय संस्थाले शववाहन खरिदका लागि जुन योजना बनाएको छ यसमा महानगरपालिकाले अभिभावको भूमिका निभाउने प्रतिवद्धता जाहेर गरे ।
बैंक तथा सहकारीहरुले छुट्याएको सामाजिक सुरक्षा कोषको रकमलाई यस पुन्य काममा खर्च गर्न उनले अनुरोध गरेका छन् ।
कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सामाजिक संघ सस्थामा देखिएको राजनीतिकरणले विकास निर्माणको क्षेत्रमा ठूलो असर पारेकाले आगामी दिनमा राजनीतिभन्दा माथि उठेर अगाडि बढ्न सबैलाई अनुरोध गरेका थिए ।
शनिबार तालचोकमा राखिएको सातौं शृंखला अन्तरगतको कार्यक्रमबाट ३ लाख ७२ हजार ७ सय ३७ रुपैयाँ संकलन भएको छ । अहिलेसम्म करिब १८ लाख बराबरको आर्थिक सहयोग संकलन भइसकेको आर्थिक संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, संस्थाका सल्लाहकार धुर्व्रनाथ अधिकारी लगायतले विपतमा परेकालाई नाम अनुसारको पुण्य काम गरेर देखाउनु पर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव रामराज अधिकारीले र धन्यवाद ज्ञापन वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले गरेका थिए ।








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया