नेकपा स्थायी कमिटी बैठक सुरू, ओली अनुपस्थित

समाधान संवाददाता २०७७ मंसिर २१ गते १३:५६

काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित छन् ।

आजको स्थायी कमिटी बैठकमा यसअघि दुवैजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेस गरेको पत्र, सचिवालय सदस्यहरुले लेखेको पत्र, ओलीको जवाफलगायतका दस्तावेज पेस हुनेछ ।

उक्त प्रस्तावमाथि स्थायी कमिटीका सदस्यहरुले छलफल गर्नेछन् । बैठक स्थल धुम्बाराहीमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । त्यहाँ कुकुरसमेत परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया