नेकपा स्थायी कमिटी बैठक १ हप्तालाई स्थगित

काठमाडौं
सत्तारुढ नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आइतबार पार्टी मुख्यालयमा बसेकाे बैठकले २८ गते फेरि छलफल गर्ने गरी स्थगित गरिएको नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।
आइतबारको स्थायी कमिटी बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा यसअघि सचिवालयमा पेस गरिएका राजनीतिक प्रस्ताव (आरोपपत्र) अध्ययन गर्न २८ गतेसम्मका लागि समय दिएको छ।
बैठकमा अध्यक्ष दाहालले डेढ घण्टाभन्दा बढी सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।
बैठकमा अनुपस्थित भए पनि अधयक्ष ओलीले आफ्नो तर्फबाट पत्र पठाएका थिए। बैठकमा उक्त पत्र उपप्रधानमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले वाचन गरेका थिए।
उक्त पत्रमा आफ्नो पूर्वअडानअनुसार दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने नै उल्लेख छ।
यस्तै नेकपा केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि सारिएको छ। यसअघि केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेका लागि डाकिएको थियो।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया