नेकपा स्थायी कमिटी बैठक १ हप्तालाई स्थगित

समाधान संवाददाता २०७७ मंसिर २१ गते १५:५४

काठमाडौं

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक २८ गतेसम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आइतबार पार्टी मुख्यालयमा बसेकाे बैठकले २८ गते फेरि छलफल गर्ने गरी स्थगित गरिएको नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

Advertisement

आइतबारको स्थायी कमिटी बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा यसअघि सचिवालयमा पेस गरिएका राजनीतिक प्रस्ताव (आरोपपत्र) अध्ययन गर्न २८ गतेसम्मका लागि समय दिएको छ।

बैठकमा अध्यक्ष दाहालले डेढ घण्टाभन्दा बढी सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।

Advertisement

बैठकमा अनुपस्थित भए पनि अधयक्ष ओलीले आफ्नो तर्फबाट पत्र पठाएका थिए। बैठकमा उक्त पत्र उपप्रधानमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले वाचन गरेका थिए।

उक्त पत्रमा आफ्नो पूर्वअडानअनुसार दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने नै उल्लेख छ।

यस्तै नेकपा केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि सारिएको छ। यसअघि केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेका लागि डाकिएको थियो।

तपाईको प्रतिक्रिया