स्थायी कमिटीमा ओलिको पत्र – प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल गर्न सकिन्न

काठमाडौं
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमा छलफल गर्न नसकिने दोहोर्याएका छन् ।
स्थायी कमिटी बैठकलाई लिखित्र पत्र पठाउँदै ओलीले प्रचण्डको प्रस्तावमा छलफल गर्ने बैठकमा उपस्थित हुन नसकिने बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बसेको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ओलीको पत्र पढेर सुनाएका थिए ।
‘कमरेड ओलीले बैठकलाई पठाउनुभएको पत्र प्रारम्भमै ईश्वर पोखरेलले वाचन गरेर जानकारी गराउनुभयो । ओलीले पूर्व मान्यता अनुसार प्रचण्डको प्रस्ताव छलफल गर्न नसकिने र बैठकमा उपस्थित हुन नसकेको जानकारी गराउनुभएको थियो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
ओली उपस्थित नभएपछि स्थायी कमिटी बैठक मंसिर २८ गते र केन्द्रीय कमिटी पुस ५ गतेसम्मका लागि स्थगित भएको छ ।










मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया