कन्या क्याम्पस सञ्चालक समितिमा योगेन्द्रलाल

समाधान संवाददाता २०७७ मंसिर २२ गते ८:१९

समाधान संवाददाता, पोखरा

कन्या क्याम्पस पोखरामा भएको २६औं साधारण सभा तथा ८औं अधिवेशनले क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पुनः योगेन्द्रलाल प्रधानलाई निर्विरोध निर्वाचित गरेको छ ।

समितिको अध्यक्ष तथा ४ जना सदस्यको निर्वाचनका लागि समाजसेवी ध्रुव केसीको संयोजकत्व तथा कन्या माविका प्रधानाध्यापक प्रेमबहादुर बुढाथोकी र शान्ति उदास सदस्य रहेकोे निर्वाचन उपसमितिले गरेको निर्वाचन कार्यक्रममा निर्विरोध निर्वाचित हुने अन्य सदस्यमा शिवलाल मल्ल, वामनकुमार पराजुली, गोपाल ध्वजु र मदन शर्मा छन् ।

Advertisement

मंसिर १३ गते भएको क्याम्पसको अधिवेशनमा निर्वाचित पदाधिकारीलाई शनिबार पदस्थापन गरिएको छ । निर्वाचित पदाधिकारीहरुको पदावधि ३ वर्षको रहने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष तथा सदस्यलाई निर्वाचन समितिका संयोजक ध्रुव केसीले सपथ ग्रहण गराए ।

केसीले महिला शिक्षामा योगदान पु¥याउने पश्चिमाञ्चल क्षेत्रकै एकमात्र कन्या क्याम्पसलाई अझ गुणस्तरीय शिक्षा प्रदान गर्न शुभकामना दिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रधानले समिति, प्राध्यापक, कर्मचारी, अभिभावक, छात्राहरु र सबै सरोकारवालाहरुको सहयोगमा क्याम्पसलाई नेपालको नै नमूना क्याम्पसको रुपमा सञ्चालन गर्ने रणनीतिका साथ अघि बढ्ने प्रतिवद्धता जाहेर गरे ।

Advertisement

निर्वाचित पदाधिकारीहरुलाई क्याम्पस प्राध्यापक संघका सभापति क्षेत्रबहादुर क्षेत्रीले खादा लगाएर सम्मान गरे । क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले शैक्षिक गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्न लागेको क्याम्पसमा नव निर्वाचित पदाधिकारीहरुको पहलमा विकास निर्माणका कार्य अघि बढ्ने विचार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया