सेन्चुरी बैंकको ११५ औं शाखा मुस्ताङको लेतेमा

एसके थकाली, जोमसोम
सेन्चुरी कमर्सियल बैंकले आफ्नो ११५ औं शाखा विस्तार गरेको छ । तल्लो मुस्ताङको थासाङ गाउँपालिका ३ लेतेमा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।
मुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेमप्रसाद तुलाचनको विशेष पहलमा लेतेमा पहिलो पटक बैंक सन्चालनमा आएको हो ।
बैंकको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले आइतबार उदघाटन गरे ।
सो अवसरमा सांसद थकालीले बैंकले नागरिकलाई छिटो छरितो रुपमा
बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
बैंकको वित्तीय सेवासँगै थासाङ गाउँपालिकाअन्तर्गत वडा नम्बर ३, ४ र ५ को लेते, घासा, छयो, टिटि, झिप्रा देउराली, कुन्जो र ताक्लुङ लगायतका गाउँका स्थानीय लाभान्वित हुने विश्वास गरिएको छ ।
लेतेका नरसिंह शेरचनले कृषि, पशुपालन र पर्यटन व्यवसायमा आश्रित स्थानीयलाई बैंकिङ कारोबार गर्न सहज हुने बताए ।
यसअघि त्यस क्षेत्रका बासिन्दालाई वित्तीय सेवा पाउन सदरमुकाम जोमसोम र गाउँपालिका केन्द्र कोवाङ पुग्न पर्ने बाध्यता थियो ।
मुस्ताङमा बैंकको शाखा स्थापनासँगै स्थानीयलाई निक्षेप बचत, कर्जा लगानी र एटिएम लगायत सेवा उपल्ब्ध हुने बैंकका क्षेत्रीय प्रबन्धक रमेश बन्जाराले बताए ।
बैंकले ग्रामिण भेकका जनताको सुविधाका लागि शून्य मौज्तादमा ६ महिनासम्म खाता खोल्ने प्रबन्धक बन्जाराले जनाए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया