विरुवा गाउँपालिकाको आफ्नै एम्बुलेन्स

समाधान संवाददाता २०७७ मंसिर २३ गते ९:१६

समाधान संवाददाता, स्याङ्जा

स्याङ्जाको विरुवा गाउँपालिकाकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालिकाले सरकारद्वारा राजश्व छुट प्राप्त एम्बुलेन्स १० लाख १ हजार ३४८ रुपैयाँ लागतमा खरिद गरेर सेवा सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष चुणप्रसाद शर्माले सोमबार एम्बुलेन्सको पुजा गरेर सेवा सुरुवात गरे । एम्बुलेन्स सेवा सुरुवातसँगै विरुवा गाउँपालिकाका बिरामीलाई जटिल स्वास्थ्य समस्यामा स्याङ्जा बजार, पोखरा, बुटवल र काठमाडौंपु¥याउन सहज हुने भएको छ ।

Advertisement

सेवाको सुरुवातसँगै गर्भवती महिलालाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्न समेत सहज हुनेछ । बिरामीलाई अस्पताल पु¥याउन न्युनतम दर निर्धारण गरी सेवा प्रवाह गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए ।

‘न्युनतम रकम तिर्न नसक्नेको हकमा निशुल्क सेवा दिन्छौं,’ उनले भने । गाउँपालिकाले एमबिबिएस डाक्टर सहितको कोभिड अस्पतालसमेत सुरु गरेको छ । विरुवा ६ चिन्नेनासमा स्थापित अस्पतालमा एमबिबिएस डाक्टरर २ जना स्टाफ नर्सबाट सेवा प्रवाह हुँदै आएको छ ।

Advertisement

स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन यसै वर्षबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका २ वडामा आधारभूत स्वास्थ्य केन्द्र समेत स्थापना भएको सुवेदीले जानकारी दिए । सम्पूर्ण सेवाहरूको सुरुवातसँगै जनताको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।

तपाईको प्रतिक्रिया