सगरमाथाकाे नयाँ उचाइ ८८४८.८६ मिटर

समाधान संवाददाता २०७७ मंसिर २३ गते १४:२१

काठमाडौं

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलबार नेपाल र चीन बीचको संयुक्त बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गरेको हो ।

यसअघिको उचाइभन्दा ८६ सेन्टिमिटर बढी हो ।

Advertisement

नापी विभागले आफ्नै जनशक्तिबाट फिल्ड सर्बेबाट प्राप्त तथ्यांक आफ्नै प्रयोगशालामा प्रशोधन गरेर उचाइ पत्ता लगाएको हो । यसअघि सन् १९५४ मा भारतको डिपार्टमेन्ट अफ सर्बेले लिएको उचाइ (८,८४८ मिटर)लाई नेपालले मान्यता दिएको थियो ।

चीनले भने आफैँले मापन गरेको उचाइ (८,८४४ मिटर) दाबी गर्दै आएको छ ।

Advertisement

विश्वको सर्वोच्च शिखरका रूपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपाल आफैँले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारत लगायतका मुलुकले गरेको मापन अन्तर्राष्ट्रिय रूपमा विवादित बन्नु, र वि.सं. २०७२ सालको विनाशकारी ’गोरखा भूकम्प’ को प्रभाव लगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।

सगरमाथाको उचाइ जीएनएसएस बिन्दु प्रयोग गरेर पत्ता लगाइएको हो । उचाइ नाप्न विभागका दुई कर्मचारी अघिल्लो वर्षको मे महिनामा सर्वोच्च शिखरमा पुगेका थिए ।

नेपाल एक्लैले नापेको उचाइ घोषणा कार्यमा गत अक्टोबर महिनापछि चीन मिसिएको हो । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका बेलामा जारी संयुक्त वक्तव्यमा उचाइ संयुक्तरूपमा जारी गर्ने उल्लेख थियो ।

तपाईको प्रतिक्रिया