थपिए १३८२ संक्रमित, १६२१ जना संक्रमणमुक्त
समाधान संवाददाता
२०७७ मंसिर २३ गते १७:०२

काठमाडौं
नेपालमा थप १ हजार ३८२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ।
हाल क्वारेन्टाइनमा ५२३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६८६ जना सक्रिय संक्रमित छन्।
आज १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया