कार्यकारी सम्पादक कोइरालाको बिदाइ

समाधान संवाददाता २०७७ मंसिर २३ गते २०:५९

समाधान संवाददाता, पोखरा

समाधान मिडिया प्रालिद्वारा प्रकाशित समाधान राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक भरत कोइरालाले राजीनामा गरेका छन् ।

५ वर्षदेखि समाधानसँग आबद्ध उनको मंगलबार बिदाइ गरिएको छ । उनलाई मिडियाका अध्यक्ष उमानाथ बराल र सम्पादक रामकृष्ण ज्ञवालीले खादा र माला ओढाएर बिदाइ गरे ।

Advertisement

अध्यक्ष बरालले समाधानलाई उचाइमा लैजान कोइरालाको ठूलो योगदान रहेको विचार राखे । सम्पादक ज्ञवालीले कोइरालाको भविष्यका लागि शुभकामना दिए । कार्यथलो परिवर्तन भए पनि सहकार्य यथावत रहने उनले बताए । ‘हामी छुट्टिएका होइनौं । सँगै छौं,’ ज्ञवालीले भने ।

कोइरालाले आफू समाधानबाट छुट्टिए पनि पत्रकारितामा सहकार्यलाई भने निरन्तरता दिने बताए । ‘पत्रकारिता पेसा स्थायी भए पनि काम गर्ने संस्था अस्थायी हुन्छ । पेसागत हिसाबले पत्रिकासँग सहकार्य रहने नै छ,’ उनले भने । उनले पोखरामा दक्ष पत्रकार उत्पादनमा समाधानको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

Advertisement

‘समाधानबाट धेरै पत्रकार उत्पादन भए । कसैले पनि आजसम्म पछि फर्किनुपरेको छैन । सबैले राम्रो गरेका छन्,’ उनले भने । कोइरालाले अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकबाट २०५८ सालमा पत्रकारिता सुरु गरेका हुन् ।

उनी अंग्रेजी पत्रिका दी हिमालयन्स टाइम्स दैनिकको गण्डकी ब्युरो चिफ छन् । पत्रकारितामा स्नातकोत्तर कोइराला पत्रकारिता प्राध्यापन पनि गर्छन् ।

तपाईको प्रतिक्रिया