हाम्रो गौरवको साधारण सभा

समाधान संवाददाता २०७७ मंसिर २४ गते १२:०१

समाधान संवाददाता, लेखनाथ

पोखरा ३० मा रहेको हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्थाले एक हप्ता लगाएर १३ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

१० करोड ६२ लाख ४७ हजार चार सय सेयर पुँजी बनाउन सफल सहकारीले एक हजार चार सय १६ सेयर सदस्यलाई विगतका वर्षमा साधारण सभामा सहभागी गराउँदै आएकोमा यसपालि त्यस्तै सभा सम्भव नहुने भएको छ ।

Advertisement

२६ गतेसम्म गर्न लागेको साधारण सभा आइतबारदेखि सुरुआत भएको छ ।

साधारण सभाको शुभारम्भ गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीले स्थानीय आवश्यकतालाई हेरेर नाफालाई मात्र नहेरी समुदायको सेवा भावले अगाडि बढ्न सुझाए ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले सेयर सदस्यको आयआर्जनमा सहयोग पुग्ने गरी सहकारीले काम गर्नुपर्ने बताए ।

संस्थाका पूर्व सल्लाहकार तथा कालिका लघुवित्तका कार्यकारी प्रमुख महेन्द्र अधिकारी र कार्यसमिति सदस्य राधा सापकोटाले सहकारी विकास निर्माणका लागि सहयात्री भएको विचार राखेका थिए ।

संस्थाका अध्यक्ष कमलनाथ कँुवरले संस्थाको प्रगति विवरणसहित योजना पेस गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रामचन्द्र अधिकारी र कार्यक्रम सञ्चालन सचिव धननाथ सापकोटाले गरेका थिए ।

तपाईको प्रतिक्रिया