सिप्रदीको मोटरसाइकल वर्कसप स्तरोन्नति

समाधान संवाददाता, पोखरा
भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी टे«डिङ प्रालिको संयुक्त परियोजनामा पोखराको राष्ट्रबैंकचोकमा रहेको श्रीराम मोटरसाइकल वर्कसपलाई म्याक सर्भमा स्तरोन्नति गरिएको छ ।
म्याक सर्भमा ग्राहकले अत्याधुनिक उपकरणबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्ने कम्पनीको भनाइ छ । वर्कसपमाम्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गर्न सकिनेछ ।
‘वर्कसपमा ग्राहकले कुनै पनि ब्रान्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्नुहुनेछ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ,‘यो वर्कसपले विभिन्न ब्रान्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउँदै आइरहेको छ ।’
म्याक सर्भको स्तरोन्नति गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म उक्त वर्कसपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेबर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरुमा १० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।
म्याक सर्भको उद्घाटन कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्युब्स्का डेप्युटी जनरल म्यानेजर रोशनकुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण केसी उपस्थित थिए ।








कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया