नवप्रभातलाई यामाहाको एक लाख सहयोग

समाधान संवाददाता २०७७ मंसिर २४ गते १२:०८

समाधान संवाददाता, पोखरा

यामाहा स्वरुमले पोखरा ९ नयाँबजारमा रहेको नवप्रभात माध्यमिक विद्यालयलाई १ लाख नगद सहयोग प्रदान गरेको छ ।

नवप्रभातका भूतपूर्व विद्यार्थीले सञ्चालन गरेको नवप्रभात खाजा कोषका लागि उक्त रकम प्रदान गरिएको हो ।

Advertisement

मंगलबार विद्यालयमा भएको कार्यक्रममा यमाहाका तर्फबाट भिएडब्लु फाउन्डेसनका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले १ लाखको चेक हस्तान्तण गरे ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले कम्पनीले व्यवसायसँगै सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा विद्यालयका सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

Advertisement

उनले कम्पनीको तर्फबाट आगामी दिनमा पनि विद्यालयका लागि सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र मर्सानीले चेक ग्रहण गर्दै विद्यालयमा अध्ययनरत कोही पनि विद्यार्थीहरु खाजा खान नपाएकै कारण पढाइबाट बञ्चित हुन नपरोस् भनेर भूतपूर्व विद्यार्थीहरुको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको बताए ।

उनले कार्यक्रममा यामाहाका तर्फबाट भिएडब्लु इन्टरप्राइजेज र एमएडब्लु फाउन्डेसनलाई हातेमालो गरिदिएकोमा धन्यवाद ज्ञापन गरे ।

विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले विद्यार्थी खाजाकोषमा सहयोग गरेकोमा यामाहा कम्पनीप्रति आभार प्रकट गरे ।

यामाहाकै गण्डकी धौलागिरी बिक्री प्रबन्धक आश्विन बुढाथोकीको समेतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक यमप्रसाद भण्डारीले गरे ।

पोखराको नयाँबजारमा २०२५ सालमा स्थापना भएको विद्यालयले यसै शैक्षिक सत्रमा विहानी सत्र अन्तर्गत कानुन र व्यवस्थापन विषयमा कक्षा ११ पनि सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया