टोल विकास संस्थालाई बिउ वितरण

समाधान संवाददाता, स्याङ्जा
एक घर एक करेसाबारी र एक टोल एक नर्सरी निर्माण गर्ने उद्देश्यले सूर्याेदय क्लबले पुतलीबजार नगरपालिकाभित्रका टोलविकास संस्थाहरुलाई बिउबिजन वितरण गरेको छ ।
क्लबले नगरपालिका भित्र रहेका २ सय ९५ वटा टोल विकास संस्थाहरुलाई बिउबिजन वितरण गरेको हो ।
पालिका भित्रका किसानलाई व्यावसायिक बनाउने उद्देश्यले पुतलीजार नगरपालिका र युएनडिपिको आर्थिक लगानी तथा सूर्याेदय क्लबको व्यवस्थापनमा कार्यक्रम तय भएको पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले जानकारी दिइन् ।
नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले एक घर एक करेसाबारी र एक टोल एक नर्सरीको अवधारणा ल्याइएको भन्दै आवश्यक पर्ने औजार वितरण भएको बताइन् ।
तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रम अनुसार सूर्याेदय क्लबले किसानहरुलाई काउली, बन्दा, साग, मुला र धनियाँका बेर्ना टोलविकास संस्था मार्फत् किसानलाई वितरण गरेको छ ।
किसानहरुलाई टनेल, गडेउले मल, कुटानी पिसानी मेसिन र बाख्रा पालन लगायत सामग्री हस्तान्तरण गरिएको छ ।
आवश्यक औजार तथा बिउ बिजन प्राप्त भएकोले व्यवसाय राम्रो भएको पुतलीबजार नगरपालिकाका कृषक शिवप्रसाद लामिछानेले बताए ।
पुतलीबजार नगरपालिकाको १ करोड ३६ लाख र युएनडिपिको १ करोड गरी २ करोड ३६ लाखमा सूर्याेदय क्लब बाडखोलाले काम गर्दै आएको छ । सयुक्त कार्यक्रम गर्दा सफल भइने हुँदा ३ वटा संस्था मिलेर काम गरेको भन्दै कोरोनाबाट प्रभावित परिवार, महिला तथा जनजातिलाई सहयोग पुग्ने सूर्याेदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।
क्लब अध्यक्ष श्रेष्ठले नगरपालिकाका १४ वटै वडाहरुमा कार्यक्रम लागु गरिएको बताउँदै कृषि, पशु र उद्यमलाई मेरुदण्ड मानिएको जानकारी दिए ।
क्लबले टोल विकास संस्थाका ५ सय घरधुरीहरुलाई तरकारीका बेर्ना उपलब्ध गराएको छ ।
उनीहरुले उत्पादन गरेको तरकारीको व्यवस्थापन नगरपालिकाले गर्ने पुतलीबनार नगरपालिको कार्यालयले जानकारी दिएको छ ।








प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
उत्पादनमा लगानी गर्दै अर्घौं कृषि सहकारी
नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन
शुभप्रभात सहकारीमा विश्वको नेतृत्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया