अध्यक्ष श्रेष्ठको गाडी दुर्घटना

समाधान संवाददाता २०७७ मंसिर २४ गते १९:१०

समाधान संवाददाता, पोखरा

Advertisement

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको गाडी दुर्घटनामा परेको छ ।

तिव्र गतिमा आएको पोखरा माईक्रोबसले ठक्कर दिँदा दुर्घटनामा परेका उनी ठूलो दुर्घटना हुनबाट भने जोगिएका छन् ।

भैरवटोलबाट बगर जाँदै गरेको पोखरा माईक्रो बस अन्तर्गतको ग १ ख ५२८७ नम्बरको बसले श्रेष्ठ चढेको ग २ च ६३९६ नम्बरको कारलाई नदीपुर सिंगापुर क्याफे अगाडि ठक्कर दिएको थियो ।

पोखरा नदीपुर ट्राफिक विटबाट करीब ५० मिटर पश्चिमबाट उत्तरतर्फ मोडिन खोज्दा तिव्र गतिमा गुडिरहेको बसले अनियन्त्रित भई ठक्कर दिएको श्रेष्ठले बताए ।

Advertisement

‘म मेरो नयाँ घर जाने बाटोतर्फ के मोडिन खोजेको थिए,ँ दुई सय मिटर टाढाबाट बस तिव्र गतिमा आईरहेको देखेँ,’ उनले भने, ‘क्रस गर्न नभ्याईने भएपछि हत्तपत्त बायाँ मोड्न खोजेको मात्र थिएँ बसले त घरको गेटमा अगाडिको भागले हान्यो, पछाडिको भागले भने म बसेकै साईडमा ठक्कर दियो ।’

तिव्र गतिका कारण बसले ब्रेकसमेत लाउन नसक्दा क्षति भएको उनको भनाई छ । दुर्घटनाबाट श्रेष्ठ चढेको कारको अग्र भागमा क्षति पुगेको छ । श्रेष्ठलाई भने बाहिरी चोटपटक लागेको छैन ।

तर कान र आँखामा भने सामान्य दुखाई रहेको श्रेष्ठले बताए । गाडीको ठक्करबाट स्थानिय टीकादेवी शेरपुञ्जाको घरको गेट र पर्खाल भत्काएको छ ।

यसैबीच, पोखरा बस सञ्चालक कम्पनी प्रालिले आगामी दिनमा चालकलाई जिम्मेवार बनाएर लापर्वाहीपूर्ण दुर्घटना हुन नदिनका लागि आवश्यक कार्वाही गर्ने प्रतिबद्धता जनाएपछि मिलापत्र भएको छ ।

सहमति अनुसार पोखरा बस सञ्चालक कम्पनीले नगर क्षेत्रमा गति न्यून गर्न प्रभावकारी कदम चाल्ने, चालकलाई यात्रुमैत्री व्यवहार गर्न लगाउने तथा दुर्घटना भईहाले हिट एण्ड रनजस्तो हर्कत नगरी घाईतेको रेस्क्यू गर्ने, सम्मानजनक व्यवहार गर्नेलगायतका कार्य गर्नुपर्नेछ ।

त्यस्तै कम्पनीले कारको मर्मतसम्भार र घरको भत्केको गेट र पर्खाल पुर्ननिर्माण गरिदिनेगरी त्रिपक्षीय सहमति भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । सहमतिमा पोखरा बस सञ्चालक कम्पनी प्रालिका तर्फबाट पवित्रमणी अधिकारी, कारका धनी दीपेन्द्र श्रेष्ठ, घरधनीका तर्फबाट लक्ष्मण पुन र बस चालक सुमनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया