९६ संक्रमित थपिए, ४ काे मृत्यु

समाधान संवाददाता २०७७ मंसिर २४ गते १९:१७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बुधबार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ४ सय ६४ जनाको कोरोना परिक्षण गर्दा ९६ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार थपिनेमध्ये ६९ जना कास्कीका छन् । नवलपुरमा ९, लमजुङमा ८ र तनहुँमा ५ संक्रमित थपिँदा म्याग्दी, स्याङ्जामा २÷२ र गोरखामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ७६ पुगेको छ । तीमध्ये ७ हजार ५ सय ६१ जना निको भएका छन् ।

आज प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । ४ जनै मृतक पोखराका छन् । मृत्यु हुनेमा कास्की पोखरा १३ का ७७ वर्षीय संक्रमित पुरुष छन् ।

Advertisement

मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको मंगलबार राति पौने १ बजे मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनमा छातीको समस्या थियो ।

कास्की पोखरा १४ का ७४ वर्षीय कोरोना संक्रमित छन् । उनकोे मंगलबार बिहान साढे ७ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो । मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएका उनमा कोभिड निमोनियाको समस्या थियो ।

पोखरा १५ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान गण्डकी मेडिकल कलेजमा निधन भएको हो । श्वासप्रश्वास तथा मधुमेहको समस्या रहेका उनमा मंसिर २१ गते कोरोना पुष्टि भएको थियो ।

मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएकी पोखरा १६ की ५९ वर्षीया संक्रमित महिलाको बुधबार साढे ५ बजे फिस्टेल अस्पतालमा निधन भएको छ । उनमा कोभिड निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।

गण्डकी प्रदेशमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ । कास्कीका ९७, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३÷३ संक्रमितको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया