पत्रकार रसाइलीलाई मातृशोक

समाधान संवाददाता २०७७ मंसिर २४ गते २२:३०

समाधान संवाददाता, पोखरा

नेपाल पत्रकार महासंघ मुस्ताङका संस्थापक अध्यक्ष भीम रसाइलीलाई मातृशोक परेको छ । उनकी आमा धनदेवी रसाइलीको ८३ वर्षमा बुधबार निधन भएको हो ।

धनमायाको घरपझोङ गाउँपालिका ३ पुथाङ एअरपोर्टस्थित घरमै निधन भएको हो । उनको बिहीबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले जानकारी दिए ।

Advertisement

महासंघले निधनप्रति दुःख व्यक्त गरेको छ । पत्रकार रसाइली हिमालपारिको आवाज साप्ताहिकका सम्पादक हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया