कुँडहर सहकारीमा थापा

समाधान संवाददाता, पोखरा
कुँडहर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले आगामी३ वर्षका लागि विश्ववन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शिवबहादुर बराल, सचिवमा सुरेन्द्रविनोद खनाल, कोषाध्यक्षमा शुक्रराज अधिकारी, सहसचिवमा दया बराल छन् ।
सदस्यमा आनन्दी राणा(कार्की), किशोरकुमार घिमिरे, दुर्गादत्त भुर्तेल, शान्तबहादुर थापा, गौतम थापा, देवकी रायमाझी छन् ।
त्यस्तै राजेन्द्र वाग्लेको संयोजकत्वमा गुरुप्रसाद ज्ञवाली र वीरबहादुर थापा सदस्य रहेको लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ।
यसअघि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले साधारणसभा उद्घाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सदस्य सङ्गिता गौतम तिमिल्सिना, सल्लाहकार निर्मलबहादुर थापा, लेखा सुपरीवेक्षण समितिका संयोजक राजेन्द्र वाग्ले, कुँडहर समाज सेवा समिति अध्यक्ष शान्तबहादुर थापा र सेयर सदस्य सुवेदार हर्कबहादुर गुरुङले बोलेका थिए ।
साधारणसभाले कार्यवाहक अध्यक्ष विश्वबन्धु थापा र कोषाध्यक्ष गोमाकुमारी थापा रायमाझीको प्रतिवेदन पारित गरेको थियो ।
त्यस अवसरमा कर्मचारी रेनुका भुजेल र रेनुका कार्कीलाई पुरस्कृत गरिएको थियो ।
सहकारीका कार्यवाहक सभापति विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दया बरालले स्वागत र सचिव शिवबहादुर बरालले संञ्चालन गरेका थिए ।








दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
विद्यार्थीलाई हेमजा युनाइटेडको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया