लक्ष्मी आदर्शमा सम्मान

समाधान संवाददाता, लेखनाथ
पोखरा महानगरपालिका २७ शिशुुवामा रहेको लक्ष्मी आदर्श माध्यमिक विद्यालयले सोमबार सम्मान कार्यक्रम गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित बाबुराम गिरी र विद्यालय परिसरमा मञ्च निर्माण गर्न आर्थिक सहयोग गर्ने समाजसेवी शिवप्रसाद न्यौपानेलाई बधाई दिँदै सम्मान गरिएको हो ।
लेखनाथ उद्योग वाणिज्य संघका पूूर्व अध्यक्ष एवं व्यवसायी बाबुराम गिरीले समग्र लेखनाथबासीको एकता र सामुुहिक भावनाले विजय भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरीले यो जित संघको मात्र नभएर सम्पूर्ण व्यवसायीहरुको, लेखनाथवासी एवं विद्यालय परिवारको जित भएको धारणा राखे ।
पोखरा २७ शिशुवा निवासी समाजसेवी शिवप्रसाद न्यौपानेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी राजेन्द्रमणि लामिछानेलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेले गिरीको जित र न्यौपानेको विद्यालय परिवारलाई उत्साही बनाएको बताए ।
विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले विद्यालयको शैक्षिक एवं भौतिक पक्षको विकासका लागि नवनिर्वाचित गिरीसँग अपेक्षा राखेको बताए ।
शिक्षक अभिभावक संघका अध्यक्ष शिवमणि अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य अम्बिका सुवेदी, शिक्षक कोपिला धिताल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षक हेमराज आचार्यले गरेका थिए ।







मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया