पर्याप्त रोजगारी नहुँदा दक्ष श्रमिक पलायन

समाधान संवाददाता २०७७ मंसिर २५ गते १२:३९

समाधान संवाददाता, पोखरा

सरकारले पर्याप्त रोजगारीको सिर्जना गर्नसक्दा दक्ष मजदुरहरु पनि देश बाहिरिने अवस्था आएको सरोकारवालाले बताएकाछन् ।

पोखरामा मंगलबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा लकडाउन अवधिको श्रमिकको पारिश्रमिकतथा योगदानमाआधारित सामाजिक सुरक्षा विषयमा सरोकारवालासँगको अन्तत्र्रिmया कार्यक्रममा उनीहरुले यस्तो बताएकाहुन् ।

Advertisement

सरकारले व्यवसायी तथा मजदुरहरुको समस्याप्रति नीतिगत हिसाबले सम्बोधन गर्न नसक्दा यस्तो समस्या आएको उनीहरुको भनाइ थियो ।

गण्डकी प्रदेशसभा सदस्य मीना गुुरुङले श्रमिक वर्गलाई दक्ष बनाउनु स्वयं रोजगारदाताको कर्तव्य भएपनि त्यसो हुन नसक्दा श्रम बजारमा दक्ष श्रमिकको अभाव हुने गरेको बताइन् ।

Advertisement

उनले आफू श्रमजिवी वर्गकै पक्षमा वकालत गर्ने गरेको बताउँदै श्रमिकका लागि बनाइएका कानुन कार्यान्वयनमा सबै सरोकारवालाहरुको उत्तिकै भूमिका रहने बताइन् ।

उनले भनिन्, ‘श्रमिकका लागि थुप्रै कानुन बनेका छन्, कानुन बनाएर थुपार्न भन्दा पनि त्यसलाई सफल कार्यान्वयन गर्ने पाटोमा सबै लाग्न पर्छ ।’
गण्डकी प्रदेशसभा सदस्य ललिता गुरुङले आफूहरुले गण्डकी प्रदेश सभामार्फत श्रम ऐन बनाउन पहल गरिरहेको बताइन् ।

उनले बनेका ऐनहरुको कार्यान्वयनमा एकले अर्कालाई दोषारोपण भन्दापनि त्यसमा सबैले आफ्नो दायित्वबोध गरे त्यस्ताखालका गुनासाहरु आफै हल भएर जाने जिकिर गरिन् ।

उनले सरोकारवालाहरुको सक्रियता हुन नसक्दा प्रदेशबाट विधेयक बन्दा केन्द्रबाट नै ड्राफ्ट बनेर आउने र आफूहरुले त्यसमा भएका ह्रस्वदीर्घमात्रै मिलाएर पठाउन परेको खुलासा समेत गरिन् ।

कार्यक्रममा श्रम तथा रोजगारदाता कार्यालयका कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठले रोजगारदाताले योगदानमा आधारित सामाजिक सुरक्षाका विषयमा बुझ्न नसकेको बताए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले नेतृत्व तहबाट बोल्नका लागि बोल्ने परिपाटीका कारण यसको प्रत्यक्ष मार उद्योगी व्यवसायीका क्षेत्रमा परेको उल्लेख गरे ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कुमारीमुना बास्तोलाले राज्यले निजी क्षेत्रलाई समेट्न नसक्दा व्यवसायीहरु मारमा परेको उल्लेख गरिन् ।

कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक ज्ञानबहादुर केसी, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष विजयराज भण्डारी, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्री, पोखरा चेम्बर अफ कर्मसका महासचिव ओमराज बास्तोला लगायतले सबै श्रमिक र व्यवसायीलाई एउटै नजरले हेर्न नहुनेमा जोड दिएका थिए ।

उनीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका विषयमा प्रचार हुन नसकेको भन्दै यस्को जानकारी सबै क्षेत्रमा पु¥याउन आवश्यक भएको बताए ।

कार्यक्रम संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका संयोजक मुरारी शर्माको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया