शववहान किन्न २२ लाख संकलन

समाधान संवाददाता २०७७ मंसिर २५ गते १२:४५

समाधान संवाददाता, लेखनाथ

नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन किन्न गरेको अर्थ संकलन अभियान अन्तर्गतको आठांै शृंखलासम्ममा करिब २२ लाख रुपैयाँ संकलन भएको छ ।

संस्थाले आर्थिक संकलनको अभियान अन्तर्गत बुधबार पोखरा २६ कोे अर्घाैंचोकमा राखेको कार्यक्रममा करिब २ लाख संकलन भई अहिलेसम्म करिब २२ लाख रुपैयाँ संकलन भएको आर्थीक संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिएका छन् ।

Advertisement

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जन्मपछि मृत्यु मानिसको एउटा अनिवार्य सर्त भएको हुँदा त्यसको व्यवस्थापनका लागि लाग्नुपर्ने बताए ।

‘त्यसैले पहिलाको जस्तै काँधमा नै बोकेर अन्तिम कार्य गर्नुपर्छ भन्ने छैन, सजिलोसँग गर्नुपर्छ, शववाहन चाहिन्छ,’ उनले भने, ‘परोपकार समन्वय संस्थाले अगाडि सारेको योजनामा सबैको साथ र सहयोग आवश्यक छ ।’

Advertisement

सोही अवसरमा पोखराका मेयर मानबहादुर जिसीले यो अभियान पोखरा महानगरपालिका र रुपा गाउँपालिका दुवैको भएको बताए ।

उनले आफ्नो तर्फबाट पहिलो चरणमा १ लाख ५० हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गर्दै राम्रो कामको थालनी भएकाले यो अभियान सकेपछि आवश्यकता अनुसार अन्य विपत व्यवस्थापनका काम गर्दै जान संस्थालाई सुझाव दिएका थिए ।

कार्यक्रममा वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले सामाजिक संघसंस्थामा देखिएको राजनीतीकरणले विकास निर्माणको क्षेत्रमा ठूलो असर पारेकाले आगामी दिनमा राजनीतिभन्दा माथि उठेर अगाडि बढ्न सवैलाई अनुरोध गरे ।

नेकपा वडा नं २७ अध्यक्ष सूर्यमणि लामिछाने, लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठ, लेखनाथ अर्घौंबजार व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष टीकाराम सापकोटा लगायतले विपतमा परेकालाई नाम अनुसारको पुण्य गरेर देखाउनुपर्ने सुझाव दिएका थिए ।

संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामराज अधिकारिले र धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवी तिवारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया