महिला बन्दीलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७७ मंसिर २६ गते ११:२३

समाधान संवाददाता, पोखरा

शिक्षा लागि राष्ट्रिय अभियान कास्कीले बिहीबार कास्की कारागारका महिला थुनुवा बन्दीलाई कोभिड सुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ ।

लंैगिक हिंसाविरुद्धको १६ दिने अभियान २०२० तथा ७२ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा भएको कार्यक्रममा ६ आश्रित बालबालिकालाई शैक्षिक सामग्री समेत प्रदान गरिएको थियो ।

Advertisement

कार्यक्रममा थ्रिएञ्जल नेपालको सौजन्यमा ६ थान ब्ल्यांकेट समेत वितरण गरेको संस्थाका अध्यक्ष शिवराज शर्माले जानकारी दिए ।

उनले ७१ जना कैदी बन्दीलाई सेनेटाइजर, माक्स, ब्रस टुथपेस्ट, साबुन सेनिटरी प्याड वितरण गरेको बताए । शिक्षाका लागि राष्ट्रिय अभियानका गण्डकी प्रदेशका अध्यक्ष इन्दिरा पौडेलले सरोकारवालाको ध्यान नपुगेको कारागारमा कार्यक्रम गरेको बताइन् ।

Advertisement

कास्की कारागारका निमित्त प्रमुख झनकनाथ आचार्यले अहिलेको सन्दर्भमा अति आवश्यक सामग्री वितरण गरेकोमा संस्थाप्रति आभार प्रकट गरे ।

‘कारागारका पुरुष कैदी बन्दी तथा थुनुवालाई समेत स्वास्थ्य सामग्री आवश्यक छ,’ उनले भने, ‘क्षमताभन्दा बढी बन्दी तथा थुनुवा भएकोले भौतिक दुरी कायम गर्न कठिन भएको अवस्थामा स्वास्थ्य सामाग्री पर्याप्त चाहिन्छ ।’

उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरे । शिक्षाका लागि राष्ट्रिय अभियान कास्कीका सचिव विदुर कोइरालाले संस्थाले शिक्षाको क्षेत्रमा काम गरेतापनि कारागारका बन्दी तथा थुनुवा महिलाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।

तपाईको प्रतिक्रिया