पोउवा संघमा तीर्थ निर्वाचन संयोजक

समाधान संवाददाता, पोखरा
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनअन्तर्गत सम्पादन हुने निर्वाचनको लागि तीर्थ श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ संघका पूर्वकार्यसमिति सदस्य र हाल साधारण सदस्य छन् ।
संघको मंसिर २१ गते बसेको कार्यसमितिको बैठकले आउँदो पुस २४ र २५ गते आयोजना हुने निर्वाचन कार्यक्रमको संयोजकसहित सहसंयोजक र सदस्यहरु मनोनय गरिएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।
महासचिव पोखरेलका अनुसार निर्वाचन समितिको सहसंयोजकमा दीप टे«डर्सका राजेन्द्रकुमार बाटाजु छन् ।
निर्वाचन समितिका सदस्यहरुमा अन्नपूर्ण फुड्स एन्ड वेभरेज प्रालिका डम्बरसिंह गुरुङ, फुजियामा ट्रेक्स एण्ड एक्पिटिसन प्रालिकाका टीकाराम सापकोटा, पि सुलभ इण्टरप्राइजेजका प्रकाश ज्ञवाली छन् ।
सदस्यमध्ये डम्बरसिंह गुरुङ र टीकराम सापकोटा संघका पूर्वकार्यसमिति सदस्य पनि छन् ।
संघका कानुनी सल्लाहकार दामोदर अधिकारी निर्वाचन समितिको पनि कानुनी सल्लाहकार छन् ।
महाधिवेशनअन्तर्गत चुनावी कार्यक्रम पुस २५ गते भए पनि निर्वाचनका कार्यक्रमहरु संघको विधान अनुसार निर्वाचन समितिले नै निर्धारण गर्नेछ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया