कास्कीमा मृतक संख्या १०० नाघ्यो

समाधान संवाददाता २०७७ मंसिर २६ गते १८:२८

समाधान संवाददाता, पोखरा

कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ । शुक्रबार पोखरा महानगरपालिका १० का ७५ वर्षे वृद्धको मृत्यु भएसँगै मृतक संख्या १ सय १ पुगेको छ ।

बिहीबार कोरोना पोजेटिभ देखिएका ती वृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

उनमा निमोनियासँगै थाइरोइडको समस्या थियो । योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८१ पुगेको छ । कास्कीबाहेब नवलपुरका २०, तनहुँका १९, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जनाको मृत्यु भएको छ ।

शुक्रबार ५६ संक्रमित थपिए । ४ सय ८३ स्वाब परीक्षण गर्दा ६ जिल्लामा संक्रमित भेटिएका हुन् । कास्कीका ४०, लमजुङका ८, स्याङ्जाका ४, गोरखाका २, म्याग्दी र बागलुङका १/१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ३५ पुगेको छ । शुक्रबार ३५ जना निको भए । योसहित कोरोनामुक्त हुनेको संख्या ७ हजार ५ सय ९६ पुगेको छ ।

तपाईको प्रतिक्रिया