लेखनाथ सामुदायिक सेवा केन्द्रको १४ औं सभा

समाधान संवाददाता २०७७ मंसिर २७ गते १२:२३

रामशरण नेपाली

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले शान्ति सुरक्षाबिना विकास सम्भव नभएको बताएका छन् ।

लेखनाथ सामुदायिक सेवा केन्द्रको १४ औं साधारण सभा एवं सातौं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै एसपी श्रेष्ठले यस्तो बताएका हुन् ।

Advertisement

उनले सरकार अहिले विकास र सम्मृद्धिको अभियानमा लागिरहेको बताउँदै यसका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने र यसमा प्रत्येक नागरिकले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

एसपी श्रेष्ठले भने, ‘देशका सबै नागरिक बर्दिबिनाका प्रहरी हुन, मात्र हामी कानुन कार्यन्वयन गराउने निकायको रुपमा भूमिका निर्वाह गरिरहेका छौं, यसमा प्रत्येक नागरिकको साथ र सहयोग जरुरी छ ।’

Advertisement

अपराध न्यूनीकरणका लागि समुदायसँग सहकार्य गर्ने अवधारणा बमोजिम देशैभर सामुदायिक सेवा केन्द्रको स्थापना भएको श्रेष्ठले जनाए ।

एसपी श्रेष्ठले विकृति र विसंगति रहित समाज निर्माणका लागि सामुदायिक सेवा केन्द्रको भूमिका आगामी दिनमा अझै बढेर जाने विश्वास व्यक्त गरे ।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बाँस्तोलाले सामुदायिक सेवा केन्द्रहरुको सामूहिक प्रयासले विकृति र विसंगतिको अन्त्य हुने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिका २९ का अध्यक्ष चेतबहादुर गुरुङले विकास निर्माणका लागि नागरिकसँगको साझेदारी कार्यक्रम फलदायी भएको बताएका थिए ।

कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, नेकपाको तर्फबाट टिकाराम पंगेनी, नेपाली कांग्रेसका नेता राजेन्द्रमणी लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, केन्द्रका कानुनी सल्लाहकार राममणि अधिकारी, पूर्वअध्यक्ष शैलेन्द्रमोहन भटृराई लगायतले सामुदायिक सेवा केन्द्रको स्थापनाले समुदायमा शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति गराएको वताएका थिए ।

लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष एलपी ढुंगानाले स्वागत गरेका थिए ।

सचिव त्रिलोचन लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए । संस्थालाई विभिन्न क्षेत्रबाट योगदान पु¥याए स्वरुप पूर्वअध्यक्षहरु शेरबहादुर गुरुङ र शैलेन्द्रमोहन भट्टराई, सल्लाहकार सदस्य राजेन्द्र ओझा, संस्थागत रुपमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, कार्यसमितिको तर्फबाट सचिव त्रिलोचन लामिछाने र सदस्य कृष्णप्रसाद अधिकारी, कानुनी सल्लाहकार राममणि अधिकारी, र इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख अर्जुन रानाभाटलाई सोही अवसरमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कोरोना महामारीका कारण सामाजिक दुरी र भौतिक उपस्थितिलाई ख्याल गर्दै मंसिर १४ गतेदेखि सञ्चालित साधारण सभा तथा अधिवेशनले मंसिर २७ गते शनिबार हुने निर्वाचन कार्यक्रमबाट नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया