‘धर्म संस्कृति परम्पराका नाममा हिंसा जारी’

समधान संवाददाता, पोखरा
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश महिला कमिटीले महिला मजदुरहरुका लागि प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ भएको कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले नेपालमा धर्म संस्कृति र परम्पराका नाममा महिलामाथि हुने हिंसा कायम रहेको बताइन् ।
‘महिलामाथी हुने हिंसालाई परम्परा संस्कृतिका नाममा सहेर बस्न हुँदैन,’मन्त्री पुनले भनिन्, ‘महिलालाई आर्थिक रुपमा सशक्तीकरण गरी सबैखाले हिंसाको अन्त्यका लागि प्रेरित गर्नु पर्छ ।’
उनले महिलाहरु आर्थिक रुपमा सशक्त र हिंसासँग जुध्न मानसिक रुपमा तयार नभएसम्म लैगिक हिंसा निवारण गर्न नसकिने उल्लेख गरिन् । मन्त्री पुनले प्रदेश सरकारले गत वर्ष लैंगिक हिंसाविरुद्धको अभियान वर्ष मनाएका स्मरण गराइन् ।
जिफन्ट महिला राष्ट्रिय कमिटीका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङले श्रमिक महिलाले लाज र संकोचको कारण अझैपनि रोग लुकाएर बसेको दाबी गरिन् ।
उनले निमार्ण लगायतका क्षेत्रका मजदुरले बोझिलो र धुलोमाटोमा काम गर्दा स्वास्थ्य सजगता अपनाउनु पर्ने सुझाव दिइन् ।
स्त्रीरोग विशेषज्ञ डा चण्डिका पण्डितले अझैपनि महिलाले यौन तथा प्रजनन् सम्बन्धी समस्या लुकाएर बसेको बताइन् ।
उनले व्यक्तिगत सरसफाई स्वास्थ्य सचेतना अपनाए रोगबाट सुरक्षित रहन सकिने उल्लेख गरिन् ।
डा लक्ष्मी पन्थीले आपतकालिन अवस्थामा ज्यान जोगाउनका लागि गरिने स्वास्थ्य सम्बन्धी सिप सिकाएकी थिइन् । उनले सिप र प्रविधिमा पारगंत भए १ जनाले ५ जनाको जीवन जोगाउन सकिने दाबी गरिन् ।
कार्यक्रममा निर्माण, कृषि, निजी विद्यालय, सौन्दर्य क्षेत्रका महिला श्रमिकको सहभागिता थियो ।
उनीहरुले यौनरोग पाठेघरको समस्या स्तनको क्यान्सर, गर्भपतन सम्बन्धी सवाल उठाएको जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष संगीता अधिकारी पाण्डेले जानकारी दिइन् ।
कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज पम्फा पहारी, जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी लगायतले महिलाका स्वास्थ्यबारे बोलेका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया