हाम्रो सामुदायिक सहकारीमा फेरि श्रेष्ठ

पोखरा, २७ मंसिर
हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न दसौं साधारण सभा तथा चौथो अधिवेशनले लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । उनी यसअघि पनि अध्यक्ष नै थिए । उपाध्यक्ष पम्फा पहारी, सचिव भरतबहादुर पौडेल, सहसचिव देवका पहारी, कोषाध्यक्ष पदम पहारी चुनिएका छन् । सहकारीको कार्यसमिति सदस्यमा चिरञ्जीवी पोखरेल, तेजनारायण अधिकारी, रामप्रसाद ढकाल, चेतनारायण पाण्डे छन् ।
अधिवेशनले ठाकुरप्रसाद बराललाई लेखा समिति संयोजक चयन गरेको छ । समितिको सदस्यमा दामोदर बराल र कृष्णकुमार श्रेष्ठ चुनिए । सहकारीको सल्लाहकार मेहरमान श्रेष्ठ, बलराम गिरी र एकराज न्यौपाने छन् । अधिवक्ता कमल अर्याल संयोजकत्वको निर्वाचन समितिले सहकारीको नयाँ कार्यसमितिको निर्वाचन गराएको थियो ।
सभाका प्रमुख अतिथि पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले देशलाई अप्ठेरो परेको बेला उत्पादन र पर्यटन क्षेत्र चलायमान बनाउनुपर्नेमा जोड दिए । सहकारीको सेयर पुँजी ८ करोड १० लाख रुपैयाँ, निक्षेप २० करोड रुपैयाँ र कर्जा लगानी २९ करोड रुपैयाँ रहेको जानकारी सहकारीका व्यवस्थापक डम्मरुराज बरालले दिएका छन् । सभाले रेडक्रस कास्कीले निर्माण गरिरहेको ब्लडबैंक भवनका लागि १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष पम्फा पहारीले स्वागत मन्तव्य राखिन् । सहसचिव देवका पहारीले सहकारीका ७ सिद्धान्त बाचन गरिन् । अध्यक्ष श्रेष्ठले पेस गरेको प्रगति प्रतिवेदन सभाले पारित गरेको छ । सभाले कोषाध्यक्ष पदम पहारीले पेस गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । पोखरा महानगरपालिकाको सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी र सल्लाहकार एकराज न्यौपानेले मन्तव्य व्यक्त गरेको कार्यक्रम सञ्चालन सचिव भरतबहादुर पौडेलले गरेका थिए ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया