हाम्रो सामुदायिक सहकारीमा फेरि श्रेष्ठ

समाधान संवाददाता २०७७ मंसिर २७ गते १७:५०

पोखरा, २७ मंसिर

हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न दसौं साधारण सभा तथा चौथो अधिवेशनले लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । उनी यसअघि पनि अध्यक्ष नै थिए । उपाध्यक्ष पम्फा पहारी, सचिव भरतबहादुर पौडेल, सहसचिव देवका पहारी, कोषाध्यक्ष पदम पहारी चुनिएका छन् । सहकारीको कार्यसमिति सदस्यमा चिरञ्जीवी पोखरेल, तेजनारायण अधिकारी, रामप्रसाद ढकाल, चेतनारायण पाण्डे छन् ।


अधिवेशनले ठाकुरप्रसाद बराललाई लेखा समिति संयोजक चयन गरेको छ । समितिको सदस्यमा दामोदर बराल र कृष्णकुमार श्रेष्ठ चुनिए । सहकारीको सल्लाहकार मेहरमान श्रेष्ठ, बलराम गिरी र एकराज न्यौपाने छन् । अधिवक्ता कमल अर्याल संयोजकत्वको निर्वाचन समितिले सहकारीको नयाँ कार्यसमितिको निर्वाचन गराएको थियो ।

Advertisement


सभाका प्रमुख अतिथि पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले देशलाई अप्ठेरो परेको बेला उत्पादन र पर्यटन क्षेत्र चलायमान बनाउनुपर्नेमा जोड दिए । सहकारीको सेयर पुँजी ८ करोड १० लाख रुपैयाँ, निक्षेप २० करोड रुपैयाँ र कर्जा लगानी २९ करोड रुपैयाँ रहेको जानकारी सहकारीका व्यवस्थापक डम्मरुराज बरालले दिएका छन् । सभाले रेडक्रस कास्कीले निर्माण गरिरहेको ब्लडबैंक भवनका लागि १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।


अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष पम्फा पहारीले स्वागत मन्तव्य राखिन् । सहसचिव देवका पहारीले सहकारीका ७ सिद्धान्त बाचन गरिन् । अध्यक्ष श्रेष्ठले पेस गरेको प्रगति प्रतिवेदन सभाले पारित गरेको छ । सभाले कोषाध्यक्ष पदम पहारीले पेस गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । पोखरा महानगरपालिकाको सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी र सल्लाहकार एकराज न्यौपानेले मन्तव्य व्यक्त गरेको कार्यक्रम सञ्चालन सचिव भरतबहादुर पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया