मड्रिड डर्बीमा रियल मड्रिडकाे शानदार प्रदर्शन

समाधान संवाददाता २०७७ मंसिर २८ गते ६:४९

एजेन्सी

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडरमाथि रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेकाे छ । मड्रिड डर्बीमा घरेलु टोली रियल मड्रिडले एथ्लेटिको मड्रिडमाथि २–० को जित दर्ता गरेको हो ।

रियलका लागि कासेमिरोले १५ औँ मिनेटमा गोल गरेर सुरुवाति अग्रता दिलाए । ६३ औँ मिनेटमा एथ्लेटिकोका ओब्लकले आत्मघाती गोल गरेपछि रियल मड्रिडको जित निश्चित भयो ।

Advertisement

ला लिगामा रियल मड्रिडले सन् २०१६ यता मड्रिड डर्बीमा हार बेहोरेको छैन । जितपछि १२ खेलबाट २३ अंकसहित तेस्रो स्थानमा पुगेको छ । पराजित भए पनि शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको ११ खेलबाट २६ अंक छ ।

राति भएका अरु खेलमा सेभिल्लाले गेटाफे तथा हुएस्काले एलाभेसलाई समान १–० ले पराजित गरेका छन् । एथ्लेटिको बिल्बाओ र भ्यालेन्सियाले २–२ को बराबरी खेलेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया