कांग्रेसले प्रदर्शनलाई व्यवस्थित बनाउने

समाधान संवाददाता २०७७ मंसिर २८ गते ९:५२

समाधान संवाददाता, पोखरा

नेपाली कांग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी र व्यवस्थित बनाउने भएको छ ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रभावकारी र व्यवस्थित ढंगबाट प्रदर्शन गर्ने निर्णय गरेको हो ।

Advertisement

प्रदर्शनका लागि पार्टीका सबै तहबाट प्रदर्शनको तयारी तिव्र पारिएको प्रवत्ता नवीन सिग्देलले बताए ।

पार्टीको मंसिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत पोखराको बिपी चोकबाट सुरु हुने प्रदर्शन महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेर कोणसभामा परिणत हुने छ ।

Advertisement

कोणसभालाई नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कांग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्ध७७ जिल्लामा नै प्रदर्शन गर्दैछ ।

कास्की कांग्रेसले प्रदर्शनमा सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्धिजीवी, उद्योगी व्यवसायीलाई आह्वान गरेको छ ।

बैठकले उच्च अदालत बार एसोसियएन पोखरामा डिएलए नेतृत्वको समूह निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।

त्यस्तै बैंठकले साविक पार्चे गाविसका पूर्वअध्यक्ष कर्णसिंह गुरुङ र साविक धितालका पूर्व इकाई सभापति गजवीर गुरुङको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

फाइल फोटो

तपाईको प्रतिक्रिया