कांग्रेसले प्रदर्शनलाई व्यवस्थित बनाउने

समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी र व्यवस्थित बनाउने भएको छ ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रभावकारी र व्यवस्थित ढंगबाट प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रदर्शनका लागि पार्टीका सबै तहबाट प्रदर्शनको तयारी तिव्र पारिएको प्रवत्ता नवीन सिग्देलले बताए ।
पार्टीको मंसिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत पोखराको बिपी चोकबाट सुरु हुने प्रदर्शन महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेर कोणसभामा परिणत हुने छ ।
कोणसभालाई नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
कांग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्ध७७ जिल्लामा नै प्रदर्शन गर्दैछ ।
कास्की कांग्रेसले प्रदर्शनमा सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्धिजीवी, उद्योगी व्यवसायीलाई आह्वान गरेको छ ।
बैठकले उच्च अदालत बार एसोसियएन पोखरामा डिएलए नेतृत्वको समूह निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।
त्यस्तै बैंठकले साविक पार्चे गाविसका पूर्वअध्यक्ष कर्णसिंह गुरुङ र साविक धितालका पूर्व इकाई सभापति गजवीर गुरुङको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
फाइल फोटो







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया