आन्तरिक झगडाले विकास रोकिँदैनः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७७ मंसिर २८ गते १०:१३

राष्ट्रिय समाचार समिति 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित श्रवण कुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्र शिलान्यास गर्दै उनले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिवद्ध रहेको जनाए ।

Advertisement

प्रदेश सरकारले ज्येष्ठ नागरिक तथा अपाङ्ग भौतिक संरचना निर्माणमा जोड दिंदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

सरकार सडक मानवरहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उनले त्यसका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे ।

Advertisement

कोरोना भाइरस कोभिड–१९ को उपचारमा तीनै तहका सरकार जिम्मेवार भएर लागेको बताउँदै उनले सरकारी अस्पतालले निशुल्क उपचार गर्दा पनि कतिपय बिरामीलाई परिवारले निजी अस्पतालमा लैजाने गरेको दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्की अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सरकार ज्येष्ठ नागरिकप्रति गम्भीर रहेको उल्लेख गर्दै आगामी २ वर्षभित्र ज्येष्ठ नागरिक भक्ता ५ हजार पुग्ने विश्वास व्यक्त गरे ।

उनले दिवा सेवा केन्द्र सञ्चालनमा आएपछि १ वर्षसम्म बुबाआमालाई आप्mनो तर्पmबाट खाजाको व्यवस्था गर्ने आश्वासन दिए ।

अर्का प्रदेश सभा सदस्य विन्दुकुमार थापाले समाजका ज्येष्ठ नागरिकलाई घर घरमा दिनुपर्ने व्यवहार यथेष्ठ नपुगेको बताउँदै दिवा सेवा केन्द्र सञ्चालनमा आएसँगै उनीहरुलाई केही हदसम्म भए पनि सुविधा पुग्ने बताए ।

प्रदेश सभा सदस्य प्रभा कोइरालाले व्यक्तिगत तर्पmबाट ५० हजार १ सय ५५ रुपैयाँ अक्ष्यकोषका लागि प्रदान गर्ने घोषणा गरिन् ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु मीना गुरुङ र पुष्पा केसी भण्डारीले सेवा केन्द्र निर्माणमा सरकारी तथा आप्mनोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले लामो समयदेखिको अथक प्रयासबाट केन्द्र निर्माण कार्य अघि बढेको बताउँदै जनताले तिरेको करबाटै महानगरले विकासमा खर्च गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा केन्द्रको निरन्तरताका लागि समितिले सञ्चालन गरेको अक्षयकोषमा जम्मा हुने गरी राजेश गुरुङले १ लाख, लोकबहादुर थापाले ५० हजार र कार्य समितिकोतर्पmबाट १२ लाख रुपैयाँ गरी १४ लाख रुपैयाँ जम्मा भएको अध्यक्ष दानबहादुर बानियाले जानकारी दिए ।

बडहर बोटस्थित सार्वजनिक जग्गामा ३ लाख लागतमा ३ तल्ले पक्की भवन निर्माण गरिनेछ । जसको पहिलो तलामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, अध्ययन स्थल र भान्छा रहनेछ भने दोस्रोमा प्रवचन तथा योगा हल तथा तेस्रो तल्लामा कार्यालय स्थापना गरिने बताइएको छ ।

आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गरिने सो भवनका लागि प्रदेश सरकारबाट १ करोड, पोखरा महानगरपालिकाबाट १ करोड र संघीय एवं प्रदेश सभा सदस्यबाट समेत सहयोग हुने आश्वसन प्राप्त भएको संस्थाका सचिव दिनेश श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया