उपल्लो मुस्ताङमा तिब्बती संस्कृति झल्काउने वडा

एसके थकाली, जोमसोम
उपल्लो मुस्ताङमा तिब्बती संस्कृतिको प्रभाव छ । तिब्बतसँग जोडिएकाले त्यहाँ तल्लो मुस्ताङको भन्दा गाढा प्रभाव छ, तिब्बती संस्कृतिको ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका तिब्बतसँग जोडिएको पालिका हुन् ।
त्यही संस्कृतिलाई अझै बढावा दिन लोमान्थाङको एउटा वडाले तिब्बती संस्कृति झल्कने गरी कार्यालय बनाएको छ ।
लोमान्थाङ गाउँपालिका ५ मा नेपालकै पृथक तिब्बती संस्कृति झल्किने कलात्मक नमुना वडा कार्यालय भवन बनाइएको हो । भवन बनाउन गाउँपालिकाले आर्थिक वर्ष २०७६/ ०७७मा ६५ लाख विनियोजन गरेको थियो ।
मुस्ताङी ऐतिहासिक राजा जिग्मेसिंगे पलवर बिष्टको होटल रोयल मुस्ताङ र सिमा प्रहरी चौकी भवन नजिकैवडा भवन निर्माण भएको हो ।४ रोपनीमा भवन निर्माण गरेको वडाध्यक्ष हिन्जिन धोर्जे बिष्टले जानकारी दिए ।
भवन तथा तिब्बती कलात्मक आर्टस् डिजाइन वडाध्यक्ष बिष्ट आफैंले गरेका हुन् । ट्वाइलेट र बाथरुमसहित ५ कोठेभवनका सबै कोठा भित्रबाहिर कलात्मक बुट्टाछन् ।
भवनमा ६० लाख र कलात्मक बुट्टामा ५ लाख खर्च भएको वडाध्यक्ष बिष्टले बताए ।
भवन माथिपट्टिन्याख्या, तलपट्टि माथिल्लो भागमा शम्भु,बीचमा धोच्याङ किटीको डिजाइन गरिएको छ ।
भवनका सबै कोठामाथि तिब्बती संस्कृतिको पेन्टिङ गरिएको छ । जीर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएकोमा भवन बनेपछि वडाको कार्यसम्पादन सहज भएको वडाध्यक्ष बिष्टको भनाइ छ ।
यो भवन मुस्ताङको उत्तरी कोरोलानाका र लोमान्थाङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने खालको छ ।
‘यो भवनले तिब्बती संस्कृति झल्काएको छ’ वडाध्यक्ष बिष्टले भने, ‘पर्यटकलाई यो भवनको कलालेतान्छ । पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्छ ।’ यस्तो संस्कृति झल्काउने कार्यालय देशका अरु पालिकामा नरहेको उनले दाबी गरे ।
लोमान्थाङ गाउँपालिका वडा नं. ५ स्थानीय पूर्वाधार विकासमा सक्रिय छ। आर्थिक वर्ष २०७५/०७६ का लागि वडामा विनियोजन गरिएको १ करोड ५ लाख विकास बजेटबाट लोमान्थाङ बजारमा बिजुली तार भूमिगत गरिएको वडाध्यक्ष बिष्टले सुनाए ।
ससाना टुक्रे योजनाभन्दा एउटै ठूलो योजनामा लगानी गरे प्रतिफल राम्रो देखिने उनको बुझाइ छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया