पोखरा रोयलको लगानी डेढ अर्ब

समाधान संवाददाता २०७७ मंसिर २८ गते १०:२४

समाधान संवाददाता, पोखरा

पोखरा रोयल बचत तथा ऋण सहकारीको १९औं साधारणसभा शनिबार सकिएको छ । सभा मंसिर १३ गते सुरुआत भएको थियो ।

कार्यक्रममा सहकारी रजिस्टार प्रेमप्रसाद ढकालले संस्थालाई कृषिमा पनि लगानी गर्न आग्रह गरे ।

Advertisement

सहकारी ऐन र नियमावली अनुसार संस्थाले आवश्यक कोषमा रकम विभाजन गरेको हुनाले संस्थाको आर्थिक र आन्तरिक सुशासन सबल रहेको उनले बताए ।

उद्घाटन कार्यक्रमममा प्रस्तुत गरिएका प्रतिवेदनहरु अध्यक्षले निर्णयार्थ पेस गरेका थिए । सचिव चन्द्रप्रसाद गुरुङले सदस्यले राखेका जिज्ञासा तथा सुझावको जवाफ दिए ।

Advertisement

संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले पेश गरेका विशेष प्रस्तावहरु उपस्थित प्रतिनिधिले पारित गरेका थिए ।

संस्थाकी उपाध्यक्ष रुद्रकुमारी गुरुङले यस्तो चुनौतिपूर्ण समयमा पनि संस्थाले सुशासनमा रहेर साधारणसभा गर्न सफल भएको उल्लेख गरिन् ।

आर्थिक वर्ष २०७६/२०७७ मा महामारी र लकडाउनका बाबजुद संस्थाले ७.७१% ले प्रगति गर्न सफल रहेको संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङले जानकारी दिए ।

समापन कार्यक्रममा विभिन्न विधामा सदस्य र कर्मचारीलाई सम्मान गरियो । वर्ष उत्कृष्ट सुझावकर्ता सम्मान राजकुमार अर्यालले प्राप्त गरे । वर्ष उत्कृष्ट कर्मचारी सम्मान दुलेगौडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेलले प्राप्त गरिन् । सरस्वती बराल पौडेल र किसनकुमार खनालले उत्कृष्ठ सेयर सदस्य बने ।

उत्कृष्ट बाल बचतकर्ता सम्मान सोनिया गुरुङले पाइन् । कार्यक्रममा उत्कृष्ठ ३ लघुवित्त समूहलाई सम्मान गरियो ।

पीपलथोक रोयल केन्द्र प्रथम, लालीगुराँस रोयल केन्द्र दोस्रो र मेलमिलाप केन्द्र तेस्रो भए । कार्यक्रम सञ्चालन संस्थाका मुख्य प्रबन्धक मीलन ढकालले गरेका थिए ।

सहकारीको गत असार मसान्तसम्मको सेयर पुँजी १९ करोड ८७ लाख, जगेडा कोष ११ करोड ८४ लाख, निक्षेप संकलन १ अरब ३२ करोड, ऋण लगानीतर्फ १ अर्ब ४६ करोड र कुल वासलात १ अरब ८३ करोड छ । हाल संस्थामा ७ हजार ५ सय १ सदस्य छन् ।

तपाईको प्रतिक्रिया