बुल्दी पुल, रामचन्द्र र कांग्रेस

समाधान संवाददाता २०७७ मंसिर २८ गते १३:५०

रामचन्द्र पौडेल तनहुँमा जे विकास भएको छ त्यो सबै मैले गरेको हो जे हुन बाँकी छ त्यो पनि सबै मैले गर्छु भन्दै हिँड्नु हुन्छ । यस्ता कुरा कोही सुन्न तयार छैन ।

प्रतापलाल श्रेष्ठ

आजका दिनहरुमा पनि तनहुँको बुल्दी खोलाको पुल उद्घाटनको कार्यक्रमको घटना सेलाइरहेको छैन । कुनै न कुनै रुपमा चर्चामा छ ।

Advertisement

प्रधानमन्त्रीले मंसिर २३ गते बालुवाटरमा आयोजना गर्नु भएको सर्वदलीय बैठकमा पनि रामचन्द्र पौडेलले उक्त मुद्दा उठाएर गुनोसो गर्नुभयो । पौडेलले पत्रपत्रिकामा दिनुभएको अन्तर्वार्तामा पनि खुलेर यो घटना बताउनु भएको छ ।

यो घटना घटनुमा प्रधानमन्त्रीको हात रहेको भनी प्रधानमन्त्रीलाई गम्भीर आरोप लगाउनु भयो । आफू लोकतन्त्रका लागि जेल बसेको तर प्रधानमन्त्री केपी ओली ज्यान मारेर हत्याकाण्डको आरोपमा जेल बसेको सम्म पनि भन्न भ्याउनुभयो ।

Advertisement

मोहनचन्द्र अधिकारी, केपी ओली, राधाकृष्ण मैनालीहरु नेपालको राजनीतिक आन्दोलनको उच्चस्तरको राजबन्दी भएको कुरा भुसुक्क बिर्सनु भयो ।

नेपाली कांग्रेसका बन्दीहरु कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई नख्खु जेलबाट निकालेर गोली हानेर मारेपछि जेलमा कुनै कांग्रेस कार्यकर्ता थिएन ।

परिवर्तनका लागि राजसंस्था अन्त्यका लागि झन्डै २० वर्ष देशको विभिन्न जेलहरुमा कम्युनिस्ट नेता कार्यकर्तामात्र रहे ।

२०४२ सालमा भने जनवादी मोर्चा (रामराज सिंह) का कार्यकर्ता थपिए । त्यस बेलाको राजाले नेतृत्व गरेको पञ्चायती सरकार केवल कम्युनिस्टहरुलाई मात्र दबाउन लाग्यो । तर जनताको साथ पाएको कम्युनिस्ट पार्टीहरुको विकास र प्रगति पञ्चायतको कुनै हथकण्डाले रोकिएन ।

त्याग र बलिदानको अनुपम इतिहासहरु कोर्दै गए कम्युनिस्टहरुले ।

बुल्दीखोला पुल उद्घाटन कार्यक्रमले नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि निकै चर्चामा हुनु हुन्छ । उहाँमाथि सदभाव सदासयता, माया पनि थपिएको छ ।

पूर्वसभामुख, भूपू उपप्रधानमन्त्री, कांग्रेसका वरिष्ठ नेताले एउटा मामुली रकमको पुल उद्घाटनमा अवरोध पुर्‍याउनु सरकार र नेपाली कम्युनिस्टहरुको कार्यकर्ताहरुले रोक्नु वा विरोध गर्नु हुने थिएन ।

अझ निषेधित क्षेत्र घोषणा गरेर रोक्न खोज्नु सत्ता र शक्तिको दुरुपयोग हो । आज रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विरोध हुन्छ भने भोलि के होला भन्दै कार्यकर्ताहरुलाई आन्दोलनमा उतार्न कोसिस गरिएको छ ।

त्यसो हो भने यो घटनाको वास्तविकता के हो ? यो पस्कने कोसिस गरिएको छ ।

०४६/४७ सालको सफल आन्दोलनपछि भएको निर्वाचनहरुमा रामचन्द्र पौडललाई सधैं सफलता हात लाग्यो । उहाँ विरोधीलाई निकै पछाडि पारेर विजय हुनु हुन्थ्यो ।

२०४८ सालको निर्वाचनपछि कांग्रेस पार्टीमा उहाँको उम्मेदवारीलाई लिएर पार्टीभित्र विरोध र वागी उम्मेदवार नभएको होइन । तर पनि उहाँले उम्मेदवारी पाउने कुरा र विजय हुने कुरा गाह्रो विषय बनेन ।

तर यसपालिको निर्वाचनमा भने रामचन्द्रलाई भने त्यस्तो सफलता हात लागेन । लाग्ने सम्भावना नै थिएन । नेकपा एमालेको सूर्यध्वजावाहक संयुक्त वाम उम्मेदवारबाट पछारिनु भयो ।

त्यो पनि धेरै मतले । चुनावका बेला कांग्रेस पार्टीको सरकार भएको बेला भए पनि कार्यकर्ता हरेक मोर्चामा निडरका साथ डटे चुनावको परिणाम आफ्नो हातमा पारे ।

२०७४ सालको निर्वाचनमा उहाँले पराजय हुने निश्चित थियो । पहिलो नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच चुनावी गठबन्धन थियो । एउटै वाम उम्मेदवार थियो । कम्युनिस्टहरु निकै उत्साहित थिए ।

कांग्रेस पार्टीबाट पीडित कार्यकर्ताहरु जसरी पनि जित्ने र विवाद वा मतभेदहरु केही छन् भने केही पोख्न नपाइने भन्ने कुरामा नेतृत्वले कडाइ गरेको थियो ।

दोस्रो नेकपा एमालेले विगतका निर्वाचनहरुमा पराजित हुँदा पनि थोरैथोरै मतले पराजित भएको थियो । सधैं दुई कम्युनिस्ट पार्टीका दुई नेताहरु मैदानमा देखिन्थे तर अहिले यस्तो अवस्था थिएन ।

संविधान कानुन अरुलाई जस्तै उहाँलाई पनि लागु हुनु हुन्छ । उहाँ संविधान र कानुनभन्दा माथि हुनुहुन्न । चुनावमा विजयी हुंदा निकै माथि पुग्नु भयो, मानसम्मान पाउनुभयो, ठूलो शक्तिको अभ्यास गर्नुभयो तर अहिले त हार्नुभयो नि ।

विगतमा कम्युनिस्टहरुले नजितेको भए पनि २०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादीले एक्लै जितेको थियो भने दोस्रो मत नेकपा एमालेको थियो ।

फेरि २०७० सालको निर्वाचनमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको थियो । त्यसबेला दुई कम्युनिस्टहरुको १४ हजारका भोटका विरुद्ध १८ हजार थियो । त्यसो हुंदा यसपालीको निर्वाचनमा कम्युनिस्टहरुले जित्ने करिब निश्चित जस्तै थियो र परिणाम पनि त्यही आयो ।

दोस्रो नेपाली कांग्रेसमा निकै प्रभाव राख्नु हुने पूर्व सहमहामन्त्री गोविन्दराज जोशी उहाँसँग निकै असन्तुष्ट हुनुहुन्थ्यो र उहाँले वागी उम्मेदवार पनि हाल्नु भएको थियो ।

रामचन्द्र पौडेललै दिनुभएको निवेदनका आधरमा निर्वाचन आयोगलाई प्रभावपारी गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरिएको थियो । जबकी मुद्दा किनारा लागेको थिएन, विचाराधीन थियो । यो घटनापछि गोविन्दराज जोशीले पोजिसन लिनु स्वाभाविक थियो ।

यो घटनाको समस्या कहाँ थियो भने पराजित भएको नेपाली कांग्रेस जसरी आफ्नो ठाउँमा रहनुपर्ने थियो रहनु भएन ।

हारेपछि पनि तनहुँ जिल्ला त हाम्रै हो अन्त अर्काे कुरा अरु जिल्लामा हाम्रो सरोकार छैन तर यहाँ त हामीले नै भनेको हुनुपर्छ । यस्तो कुरा ६ मा ६ सिट जितेको कम्युनिस्टहरुलाई पच्ने कुरा भएन । हिजो हामी पराजित भएका थियौं यस्तो कुरा खोज्दै हिँडेनौं ।

सहेरै बस्यौं तर अहिले पनि सहनुपर्छ भन्ने केही छैन र सहन पनि सक्दैनौं । रामचन्द्र पौडेल तनहुँमा जे विकास भएको छ त्यो सबै मैले गरेको हो जे हुन बाँकी छ त्यो पनि सबै मैले गर्छु भन्दै हिँड्नु हुन्छ ।

यस्ता कुरा कोही सुन्न तयार छैन । लमजुङ—तनहुँको सीमा बनेर बगेको रिस्ती खोलामा जहाँ रामचन्द्र पौडेलको जन्मस्थान हो ।

यही मंसिर १९ गते एक कार्यक्रमका बीच ४ करोड ४७ लाखमा रिस्ती खोला पुलको शिलान्यास मानन्नीय सदस्य रामबहादुरले गर्नुभयो । केही पहिले मात्र त्यही खोलाको सोतीवेसी र स्वतिपसल जोडने करिव यति नै रकमको पुल माननीय मन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभयो । यसै वर्ष त्यस ठाउँमा पुलैमा मात्र करिब ९ करोड बिच्छाएको छ गण्डकी प्रदेशले ।

कार्यक्रममा जनताले भने के गर्नु हाम्रो मानिसले मौका पाउँदा पनि गर्नुभएन । अहिले धमाधम कम्युनिस्टहरुले गर्दैछन् । धेरै भएको छैन तल शिलान्यास गरेको अहिले यहाँ ।

यो त्यहाँको जनताले रामचन्द्र पौडेललाई नै भनिएको थियो । अझ जनताले भनेका थिए कम्युनिस्ट सरकारले वास्तवमा धेरै गरेको छ है । गाउँमा आएर हेर्नुपर्छ बजेट कसरी छरिएको छ ।

रामचन्द्र पौडेल राष्ट्रिय स्तरको लोकतन्त्रवादी नेता हो यसमा विवाद छैन कांग्रेस पार्टीको वरिष्ठ नेता हो यसमा पनि विवाद भएन । तर आ आफनो ठाउँमा बस्नुपर्छ, जे सीमा तोकिएको छ त्यो सीमामा बस्नुपर्छ ।

त्यो केन्द्रको बजेटले बनाएको थियो संघको सरकार आयोजक हुनु पर्दथ्यो । व्यास नगरपालिकाको के योगदान छ ? व्यास र रिसिङले कुनेै रकम छुटयाएको छैन ।

संविधान कानुन अरुलाई जस्तै उहाँलाई पनि लागु हुनु हुन्छ । उहाँ संविधान र कानुनभन्दा माथि हुनुहुन्न । चुनावमा विजयी हुंदा निकै माथि पुग्नु भयो, मानसम्मान पाउनुभयो, ठूलो शक्तिको अभ्यास गर्नुभयो तर अहिले त हार्नुभयो नि ।

हुन सक्छ उहाँ जस्तो नेता अहिले पनि जित्नु पर्दथ्यो होला, उहाँ जस्तो संसदीय अनुभव भएको व्यक्ति संसदमा खोजी भयो होला तर के गर्नु ? हार्नुभयो । जनताले विश्वास गरेनन् ।

जिताउन लागेनन् । कम्युनिस्टहरु जनताहरु एक भएर हराउन लागे हराए तर पनि आफै सर्वेसर्वा हुन खोज्ने ? सुहाउँछ । हिजैको जस्तो गर्न त भएन नि ।

हिजो मंसिर १६ गते प्रशासनले नगर्ने भन्दा भन्दै निर्माण सम्पन्न सुँढेको मोटरेबल पुल उद्घाटन गरी छाडनु भयो सरकार प्रशासनको आदेश मान्नु भएन ।

त्यो केन्द्रको बजेटले बनाएको थियो संघको सरकार आयोजक हुनु पर्दथ्यो । व्यास नगरपालिकाको के योगदान छ ? व्यास र रिसिङले कुनेै रकम छुटयाएको छैन ।

शिलान्यास गर्दा केन्द्रले गरेको थियो । तीन तहको सरकारमध्ये जुनले बनाएको छ त्यसैले आयोजक बनी गर्नुपर्ने कार्यक्रम थियो । तर बेसरोकार संस्था वा मानिस आयोजक बनेर गयो । कहीं कतै समन्वय गरेन यस्तोबारे बोल्नु पर्दैन र ?

उहाँजस्तो व्यक्तिले सुँढेको मोटेरेबल पुल उद्घाटन गर्दा सरकार, प्रशासन र कम्युनिस्ट पार्टी विरुद्ध तँ तँ र मम भनी राख्नु भएको मन्तव्यले केही कांग्रेसका कार्यकर्ताहरुलाई निकै मज्जा लागेको भए पनि केही कांग्रेस कार्यकर्तालाई भने लाजले शिर निहुरेको थियो ।

रामचन्द्र पौडेलको मन्तव्यले चिढिएका कार्यकर्ताहरुले मंसिर १७ गते बुल्दीखोलाको पुल पनि उदघाटन हुँदैछ भन्ने खबरले उत्तेजित हुनु स्वाभाविक थियो । प्रदेश सरकारको आयोजनामा हुनु पर्ने थियो ।

त्यसैले राष्ट्रिय युवा संघको एक जुलुुसले पनि जिल्ला प्रशासन कार्यालय घेराउ पनि ग-यो । नाराबाजी गर्‍यो । घेराउकै क्रममा राष्ट्रिय युवा संघका जिल्ला संयोजक ईश्वर बस्याल, सहसंयोजक भगवान श्रेष्ठ र अन्य युवा नेताहरु ज्ञानेन्द्र बसौला, सूर्यबहादुर केसी र बादल आलेहरुलाई गिरफ्तार गरियो । यस घटनााले युवाहरु झन् उत्तेजित भएका थिए ।

प्रशासनले यस्तो नगर्नु पर्ने थियो । छोडदिनुस् भन्दा भन्दै पनि आज दिनभर छोड्न सकिँदैन स्थिति नियन्त्रणमा आए पछि भन्ने जवाफ आयो । नेपाली कंग्रेसका नेता कार्यकर्ताहरुको रिहाइ पछि राति मात्र छोडियो ।

यसरी विकास भएका घटनाहरुलाई नेपाली कांग्रेसले देखेको नदेखै सुनेको नसुनै ग-यो । मुल त रामचन्द्र पौडेलकै विशेष चाहनामा बुल्दीखोला पुल उद्घाटन गर्नै लाग्नुभयो ।

मन्त्रालयबाट नगर्नु नगराउनु आदेश आएपछि स्थगित गर्नु भनेर दिएको जानकारी को वास्तै गरिएन । जसरी पनि गरी छाडने धुनमा रहनुभयो ।

यो कार्यक्रम रोकिने छाँटकाँट नदेखिएपछि प्रशासनले माथिको आदेशबाट सम्भावित दुर्घटनालाई रोक्न निषेधाज्ञ जारी ग-यो तर पनि रामचन्द्र पौडेल रोकिनु भएन । यसलाई ठूलो प्रतिष्ठाको विषय बनाउनुभयो ।

जसरी पनि उद्धघाटन गर्न लाग्नु भयो । प्रशासनको अगाडि सम्भावित दुर्घटना रोक्न र उद्घाटन रोक्न पनि चुनौतिको विषय बन्यो ।

यहाँका मानिसहरुलाई थाहा छ । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जिल्लाभरमा नेपाली कांग्रेस नराम्रो गरी पराजित भए पनि व्यास नगरपालिकामा भने १२०३ मतले नेपाली कांग्रेसले विजयी पाएको थियो ।

२०५४ साल जेठ ४ गते विजय जुलुस बजार परिक्रमा गरी सभामा परिणत नभई सिधै जिल्ला प्रशासन छि-यो तत्कालीन जिल्ला प्रमुख अधिकारी माथि नेपाली कांग्रेसका नेताहरुको उपस्थितिमा जथाभावी गरियो र जिल्लामा रहने अवस्था नै बनेन र उहाँले जिल्ला छाडनुप-यो ।

अहिलेको यो विषय सर्वत्र चर्चाको विषय भए पनि रामचन्द्र पौडेल चर्चित भइरहनु भए पनि पर्दा भित्र केही प्रश्नहरु छन । त्यो पनि उल्लेख गर्नु राम्रो हुनेछ । नियम कानुस सबैको लागि बराबरी हुदारेहेछ ।

यस्तो घटनाहरु दोहोरिरह्यो । २०५४ साल भदौ १० गते शिक्षकहरु सरुवा गरेको निहुँ पारी जिल्ला शिक्षा कार्यालय घेराउ गरियो । पुरै हुलभित्र पसेर जिल्ला शिक्षा अधिकारीमाथि अपमान गरियो । त्यसबेला सुरक्षामा रहनु भएका इन्स्पेक्टर रत्नप्रसाद नेपालको टाउकोमा गम्भीर चोट लाग्यो र घाइते हुनुभयो ।

यो घटनापछि उहाँहरु दुवै यस जिल्लाबाट सरुवा भएर जानु भयो । कांग्रेसले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने देखायो । त्यसैले अहिले पनि नेपाली कांग्रेसका कार्यकर्ताहरु यहाँको कार्यालय प्रमुखलाई राम्रोसँग काम गर्नु नत्र भने जिल्लामा छोटो बसाइ होला भनेर धम्क्याउँछन् ।

त्यसो हुँदा अहिलेको आदेश नेपाली कांग्रेसको विरुद्ध हुने हुँदा प्रशासन सचेत थियो र सचेतनताका उपायहरु अपानाएको थियो । समय, अवस्था, जनमत, जनतामा आएको परिवर्तनका कारणले नेपाली कंग्रेसले संयम अपनाउँछ भन्ने ठानिएको थियो त्यस्तो भएन जुनसुकै हालतमा उदघाटन गर्ने अड्डी लियो ।

उद्घाटन गर्न कसले रोक्दोरहेछ भनी रामचन्द्र पौडेल दलबलसहित जानुभयो । सुरक्षा घेरा तोडन कोसिस गर्नुभयो । स्थिति असमान्य हुन थाले पछि सुरक्षामा रहेका पुलिसहरुले उहाँलाई सम्मानका साथ पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्यायो र करिब ३ घन्टा राखियो र सम्मानमका साथ छोडियो ।

आज त उद्घाटन हुन सकेन । तर रामचन्द्र पौडेल जुनसुकै हालतमा उदघाटन गरी छाड्ने अडान कायम रहयो । यस गण्डकी प्रदेशभरका जिल्लाहरु र काठमाडौ र चितवनबाट पनि कार्यकर्ता झिकाइए ।

यो अवस्थालाई देखेर प्रशासन संयम अपनायो । यही घटनाले कुनै दुर्घटना हुनुभन्दा थोरैपछि हटनु राम्रो हुने भएकाले पछाडि हट्यो जब रामचन्द पौडेल जसरी पनि उद्घाटन गर्न खोज्नुहुन्छ भने, उद्घाटन गरी छाडियो ।

प्रशासनले कुनै भेदभाव गरेन । झुकेन । यो घटनामा कुनै केही प्रदर्शनकारी पक्राउदेखि बाहेक अंगभंग भएन, कुनै दुर्घटना भएन ।

अहिलेको यो विषय सर्वत्र चर्चाको विषय भए पनि रामचन्द्र पौडेल चर्चित भइरहनु भए पनि पर्दा भित्र केही प्रश्नहरु छन । त्यो पनि उल्लेख गर्नु राम्रो हुनेछ । नियम कानुस सबैको लागि बराबरी हुदारेहेछ ।

कसलाई के ? कसलाई के ? हुँदोरहेनछ । ठूलो भए पनि, सानो भए पनि, नेता भए पनि कार्यकर्ता वा जनता भए पनि, मन्त्री भए पनि वा कुनै लाभको पदमा नभए पनि नियम, कानुन, आदेश लाग्दो रहेछ ।

अहिलेको यो प्रशासन तनहुँले देखायो । सत्ताधारीका कार्यकर्तालाई पनि वांकि राखेन । प्रहरी प्रशासनको प्रयोग प्रतिपक्षलाई मात्र होइन सत्ताधारी माथि पनि प्रयोग भयो । सुनुवाइ प्रतिपक्षको मात्र होइन सत्ताधारीका नेताहरुको पनि भएन ।

प्रशासनले कुनै भेदभाव गरेन । झुकेन । यो घटनामा कुनै केही प्रदर्शनकारी पक्राउदेखि बाहेक अंगभंग भएन, कुनै दुर्घटना भएन ।

कुनै मानवीय क्षति भएन । भएको भए सबभन्दा आलोचक तनहुँ प्रशासन र सरकार हुने थियो, दुई पक्ष विच हुने सम्भावित भिडन्त किन ?

आकलन गर्न सकिएन, सम्भावित सुरक्षाका उपायहरु किन अपनाइएन भनी नालायक प्रशासनको रुपमा दर्ज हुने थियो । त्यसबाट मुक्त भयो । आवश्यक प-यो भने सम्भावित दुर्घटन रोक्न जुनसुकै कदम चाल्न सक्छ भन्ने देखायो ।

रामचन्द्र पौडेलले चुनाव हार्नुभयो त्यसबेला निकै चर्चा भयो । अनि सेलाउँदै थियो । अब त आउने चुनावको पनि चर्चा हुन थालिसकेको छ ।

सबैले चुनाव यस्तै हो हारजित भइरहन्छ । चुनावमा कसैले जित्छ धेरैले हार्छ तर यो घटनापछि रामचन्द्रज्यूले चुनाव हार्नु भएपछि हारको घटना फेरि बरकरार अगाडि आएको छ । हारको पीडा उहाँमा पुन: बल्झिएको छ ।

कांग्रेस सरकार हुँदाको प्रशासनले यहांको कम्युनिस्ट कार्यकर्तामाथि बरबर यातना दिइएको थियो ।

मदन भण्डारीको दुखान्त घटनाको आन्दोलनमा होस्, वा लाउडा ऐर प्रकरणमा होस्, वा हर क्षेत्रमा कांग्रेसीकरणको विरोधको आन्दोलनमा होस् वा महँगी तथा जनताको सरोकारको विषयको आन्दोलनमा होस् धेरै कम्युनिस्ट कार्यकर्ताले दुख पाएका थिए, गिरफ्तारी र लाठीहरु वर्षेका थिए ।

यस्तो थाहा पाएका कांग्रेसी कार्यकर्ताले हामी पनि सत्तामा हुँदा सत्ताको शक्ति प्रयोग भएको थियो । जिल्लाको शान्ति अमनचयन गर्ने सरकारको कामै हो नी यस्तो त हुन्छ है भनेर पनि लिएको देखियो ।

रामचन्द्र पौडेल गिरफ्तार पर्नु साँच्चै चानचुने घटना होइन । ०६२÷६३ को आन्दोलनपछि सायद यो पहिलो घटना होला तर अन्य बेलाको गिरफतारीले उहांको मान बढ्थ्यो होला तर यसपालीको गिरफ्तारीले उहाँको मान बढेको छैन ।

नियम कानुन र प्रशासानिक आदेश त मान्नुपर्छ हो भन्ने पनि देखाएको छ । तर पनि यही घटनाको कारण देशव्यापी आन्दोलन गरिएको छ औचित्य पुष्टि होला ?

जेहोस् नहुँमा जे भयो हिजोको प्रतिगमन, निरंकुशता विरोधी आन्दोलनका सहयात्रीबी बीच जे भयो राम्रो भएन । तर पनि यो घटना भयो आफ्नो निर्धारित सीमाको पहिचान हुन नसकेर वा चिनेर पनि उल्लंघन भएर भयो । हामी सबैले आफैले मनन गर्न जरुरी छ । अब यस्तो नहोस् ।

(श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा तनहुँ जिल्लाको सहइन्चार्ज हुन्)

तपाईको प्रतिक्रिया