लेखनाथ सामुदायिक सेवाकेन्द्रमा लामिछाने
समाधान संवाददाता
२०७७ मंसिर २९ गते १०:३२

समाधान संवाददाता, पोखरा
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको सातौं अधिवेशनले त्रिलोचन लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चुनिएको छ ।
समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुंगाना, सचिव कृष्णप्रसाद अधिकारी, सहसचिव कमल बस्ताकोटी र कोषाध्यक्षमा गंगा खनाल छन् ।
सदस्यमा सुरजजंग राणा, विनोदबहादुर थापा, शिवबहादुर रानाभाट, बुद्धिसागर पौडेल, बुद्धिमाया थापामगर, राजु अधिकारी, दीपकनाथ भण्डारी र गणेशप्रसाद ढुंगाना निर्वाचित भएको निर्वाचन समिति संयोजक राममणि अधिकारीले बताए ।
सुरक्षा सतर्कता अपनाउँदै शुक्रबार र शनिबार केन्द्रको चौधौं वार्षिक साधारणसभा तथा अधिवेशन भएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया