१ घर, १ धारा अभियान अन्तिम चरणमा

समाधान संवाददाता, पोखरा
कास्की निर्वाचन क्षेत्रनं १(१)का प्रदेश सांसद दीपक कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा एक घर, एक धाराको अभियान अन्तिम चरणमा पुगेको बताएका छन् ।
गण्डकी प्रदेश सभा अन्तर्गतको अर्थ तथा विकास समिति सभापतिसमेत रहेका कोइरालाले शनिबार निर्वाचन क्षेत्रमा पर्ने निर्माणाधीन चैनपुर सातमुहाने खानेपानी योजना निरीक्षण गर्दै यस्तो जानकारी दिएका हुन् ।
यो योजनाका लागि गत वर्ष प्रदेशबाट ४८ लाख र यस वर्ष ३० लाख बजेट विनियोजन भएको छ । कोइरालाले चैनपुर र सातमुहाने क्षेत्रका १ हजार १ सय परिवारलाई यस योजनाले समेट्ने उल्लेख गरे ।
आफ्नो निर्वाचन क्षेत्रभित्र लेखनाथ साना सहरी खानेपानी योजनाले स्वच्छपानी उपलब्ध गराउँदै आएको र रुपा गाउँपालिकामा पनि प्रदेश र संघीय सरकारको सहकार्यमा अभियान तीव्र रुपमा अगाडि बढेकाले एक घर, एक धारा अभियान अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
चैनपुर सातमुहाने खानेपानी उपभोक्ता समिति सचिव केशवराज पंगेनीले करिब७ किलोमिटर टाढा रुपागाउँको मुहानबाट पानी ल्याई चैनपुरडाँडामा ३ लाख लिटरको ट्याङकी निर्माण गरी पानी वितरण गर्ने योजना सुनाए ।
गत वर्षको प्रदेश सरकारको बजेटबाट किनिएको पाइप अहिले पाइप बिछ्याउने र पुर्नेकाम भइरहेको छ ।









गौरी तमुको कविता संग्रह ‘सैँप्रोल’ सार्वजनिक
पिपिएलए गण्डकीमा कमल अर्याल
मेलाको रमाइलो, झोलामा तरकारी
चन्द्रावतीको ‘कहरको त्यो समय’ लोकार्पण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया