१ घर, १ धारा अभियान अन्तिम चरणमा

समाधान संवाददाता, पोखरा
कास्की निर्वाचन क्षेत्रनं १(१)का प्रदेश सांसद दीपक कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा एक घर, एक धाराको अभियान अन्तिम चरणमा पुगेको बताएका छन् ।
गण्डकी प्रदेश सभा अन्तर्गतको अर्थ तथा विकास समिति सभापतिसमेत रहेका कोइरालाले शनिबार निर्वाचन क्षेत्रमा पर्ने निर्माणाधीन चैनपुर सातमुहाने खानेपानी योजना निरीक्षण गर्दै यस्तो जानकारी दिएका हुन् ।
यो योजनाका लागि गत वर्ष प्रदेशबाट ४८ लाख र यस वर्ष ३० लाख बजेट विनियोजन भएको छ । कोइरालाले चैनपुर र सातमुहाने क्षेत्रका १ हजार १ सय परिवारलाई यस योजनाले समेट्ने उल्लेख गरे ।
आफ्नो निर्वाचन क्षेत्रभित्र लेखनाथ साना सहरी खानेपानी योजनाले स्वच्छपानी उपलब्ध गराउँदै आएको र रुपा गाउँपालिकामा पनि प्रदेश र संघीय सरकारको सहकार्यमा अभियान तीव्र रुपमा अगाडि बढेकाले एक घर, एक धारा अभियान अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
चैनपुर सातमुहाने खानेपानी उपभोक्ता समिति सचिव केशवराज पंगेनीले करिब७ किलोमिटर टाढा रुपागाउँको मुहानबाट पानी ल्याई चैनपुरडाँडामा ३ लाख लिटरको ट्याङकी निर्माण गरी पानी वितरण गर्ने योजना सुनाए ।
गत वर्षको प्रदेश सरकारको बजेटबाट किनिएको पाइप अहिले पाइप बिछ्याउने र पुर्नेकाम भइरहेको छ ।








अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया