पुष १० गतेदेखि फिल्म हल खुल्ने

काठमाडौं
नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।
चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्र घोषणा गरेर माग सम्बोधन गर्नुपर्ने, फिल्म हल सञ्चालन नभएको समयको विद्युत् महसुल मिनाहा गर्नुपर्ने, मनोरञ्जन कर खारेज गर्नुपर्ने, दुई वर्षसम्म भ्याट छुट दिनुपर्ने, चलचित्र विकास शुल्क खारेज गर्नुपर्ने लगायत माग चलचित्र व्यवसायीहरुका छन्।
काेराेना भाइरस संक्रमणको जाेखिमका कारण सरकारले गएकाे चैत पहिलाे सातादेखि फिल्म हल सञ्चालनलगायत मनाेरञ्जनका अन्य गतिविधिमा राेक लगाएकाे थियाे।
चैत ११ गते सुरू भएकाे लकडाउनपछि अन्य पेशा–व्यवसाय, हिँडडुल तथा अन्य गतिविधिमा पनि राेक लाग्याे। साउन ७ गते लकडाउन अन्त्य भएपछि अन्य क्षेत्र खुले पनि फिल्म हल खाेल्न सरकारले अझै अनुमति दिएकाे छैन।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया