‘कांग्रेसको वार्म अप सुरु’

समाधान संवाददाता २०७७ मंसिर २९ गते १७:२०

समाधान संवाददाता, पोखरा

पोखरामा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार पोखरामा हजारौं कार्यकर्ताको उपस्थितिमा कांग्रेसले ¥यालीसँगै विरोध प्रदर्शन गरेको हो ।

¥याली पोखराको चिप्लेढुंगामा सुरु भएर महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

Advertisement

प्रदर्शनमा कांग्रेस कार्यकर्ताले ‘कांग्रेस अब तात्तियो, नेपाल सरकार आत्तियो’, ‘चिनियाँ प्रधानमन्त्री चाहिँदैन, राष्ट्रपति राजीनामा दे,’ जस्ता नारा लगाएका थिए ।

विरोधसभालाई कांग्रेस नेता अर्जुन नरसिंह केसीले सम्बोधन गरेका थिए । पूर्वसभामुख तारानाथ रानाभाट, यज्ञ बहादुर थापा, जिल्ला सभापति कृष्ण केसी लगायतले विरोधसभामा बोलेका थिए ।

Advertisement

सभालाई सम्बोधन गर्दै नेता केसीले सरकार दिनप्रतिदिन भ्रष्ट हुँदै गएको बताए । नेता केसीले अहिले सत्तारुढ दल नेकपामा देखिएको विवाद भ्रष्टाचारमा कसले धेरै खाने भन्नेमा निहित रहेको भन्दै कटाक्ष गरे ।

‘अहिले नेकपाका २ अध्यक्षले एकअर्कालाई विरोध गर्दै पत्र ल्याउनु भएको छ, त्यो धेरै कसले खाने भनेर ल्याइएको हो,’ नेता केसीले भने, ‘कम्युनिष्टहरुले लोकतन्त्रको रक्षा र भलो कहिल्यै चाहँदैनन् ।’

देशभर कांग्रेसले सुरु गरेको प्रदर्शन नरोकिने केसीको भनाइ थियो । नेपाली कांग्रेसले ३ पटक संघर्ष गरेको भन्दै अब कम्युनिष्टको विरुद्धमा चौंथो प्रदर्शन थालिने बताए ।

‘हामीले ३ पटक संघर्ष ग¥यौं, राणा हटाउन, पञ्चायत हटाउन र गणतन्त्र ल्याउन,’ नेता केसीले भने, ‘अब हामी कम्युनिष्टका विरुद्ध लड्छौं, यो हाम्रो वार्म अप मात्र हो ।’

कांग्रेसमा अहिले केही कमजोरी रहेको र ती कमजोरी मेटाउँदै आफूहरु सशक्त संघर्ष जारी राख्ने केसीले बताए । उनले कम्युनिष्टलाई झुटो लोकतान्त्रिक बताउँदै कम्युनिष्टले लोकतन्त्रको खोल छाड्नुपर्ने बताए ।

उनले भने ‘हामी कहिल्यै पनि लोकतन्त्रका मार्गमा थाकेनौं, भागेनौं, सच्चा लोकतान्त्रीक हामी हौं कम्युनिष्टले खोल छाड्दा हुन्छ ।’

‘जहिले जहिले लोकतन्त्र, प्रजातन्त्रमाथि चोट पु¥याइयो त्यति बेला कांग्रेस अघि स¥यो,’ नेता केसीले थपे, ‘अहिले ओलीतन्त्र ल्याइएको छ, यसलाई हटाएर लोकतन्त्र ल्याइनुपर्छ ।’

देशमा विभिन्न घोटाला र काण्ड बाहिरिएको बेला सरकारले पारदर्शी र स्वतन्त्र न्यायालय बनाएर ती घोटालाका छानवीन गरिनुपर्ने केसीको भनाइ छ ।

अहिले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका बारेमा आएका भनाइ, गोकुल बाँस्कोटाका बारेमा आएको घोटाला र ओम्नी प्रकरण जस्ता भ्रष्टाचारका विषयमा सरकार दरिलो हुनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाट अहिले सरकार भ्रष्टाचारमा लिप्त रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले प्रष्टाएको बताए ।

नेकपालाई जनताले ५ वर्षे शासनको जनादेश दिएपनि नेकपा जनताको हित भन्दा पनि आफ्नै दुनो सोझाउन लागेको नेता रानाभाटको भनाइ थियो ।

यस्तै पूर्वमन्त्री तथा कांग्रेस नेता यज्ञ बहादुर थापाले नेकपाले ‘सुतेको सिंह’लाई उठाएको बताए ।

‘नेकपाले सुतेको सिंह उठायो, अब स्यालहरु यत्रतत्र भाग्छन्,’ उनले भने, ‘कम्युनिष्टले पाएको मत भन्दा हामी बढी जनता सडकमा गनेर देखाइदिन्छौं, बहुमतको कुरा नगर्दा हुन्छ ।’

कोरोना कहरका बेला सरकारले मेडिकल सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपाले ‘कात्रो माथि भ्रष्टाचार’ गरेको जनाए । अब कांग्रेस नडकमगाउने र पहिलेभन्दा झन् मजबुत आन्दोलन गर्ने उनको भनाइ थियो ।

कांग्रेस सभापति कृष्ण केसीले नेकपा पार्टी र सरकार असभ्य रहेको बताए । ‘नेकपाका साथीहरुले गरेको कार्यक्रम कस्तो भद्रगोल हुन्थ्यो, हामी कति सभ्य छौं, उनीहरु कति असभ्य सबैले बुझ्ने कुरा हो,’ उनले भने ।

कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा दुव्र्यवहार गरेपछि र कोरोना नियन्त्रणमा सरकार नै भ्रष्ट बनेको भन्दै विरोध प्रदर्शन आह्वान गरिएको थियो । पोखरामा सोमबार प्रदर्शन हुनु अगाडि आइतबार नेपाल विद्यार्थी संघ (नेविसं) ले सिठ्ठी जुलुस निकालेको थियो ।

तनहुँमा मिनेन्द्रको सम्बोधनः

जनताले मत लोकतन्त्रको सिद्धान्त माथि अपमान गर्न दिएको होइन । संविधानमाथि खेलवाड गर्न दिएको होइन । जनताले संविधानको सम्मान र रक्षाका लागि दिएका हुन् ।

जनतालाई थाहा छ ओलीलाई संविधानको १ मात्र धारा प्यारो छ । त्यो धारा हो २९८ धारा । त्यही धारामार्फत ओली प्रधानमन्त्री भएका थिए । हामी पटकपटक ओलीका मान्छेसँग बस्यौं, उनीहरुलाई संविधानको धारा २९८ बाहेक कुनै प्यारो थिएन ।

ओलीका लागि संसदको अधिवेशन बोलाउने, १ हप्ता भएपछि प्रधानमन्त्री छान्ने । त्यो बाहेक ओलीका लागि कुनै आवश्यक थिएन । हामी लोकतन्त्र, कांग्रेस, रामचन्द्रका पछाडि लागेका मान्छेहरु संविधानका हरेक धाराको सम्मान गर्छौं ।

आज हामीले देशभर दिन चाहेको सन्देश यही हो । आज तपार्इँहरुको उपस्थितिले नेपाली जनता नेपाली सहिद, अग्रजको पसिना, रगत र संविधानको रक्षामा प्रतिवद्ध रहेको देखाउँछ ।

हामीले नेपाल सरकारको अधिनायकवादको विरुद्धमा लागेका हौं । हामी अहिले कोरोनाका बेला भेला नहुन चाहन्थ्यौं । तपार्इँहरु यसरी जम्मा हुन नपरोस् भन्ने चाहन्थ्यौं । नेपालमा कोभिड संक्रमितको संख्या सजिलै ४ लाख कट्ने देखिन्छ । यसरी भेला हुनु हाम्रो बाध्यता हो ।

ओली सरकारले विधि नमान्दा आज हामी विधि मिच्न बाध्य छौं । अहिले नेपाली युवाहरु बेरोजगार हुँदा सिंहदरबारमा सरकारलाई अति भो, अति भो भन्दा पनि हामी कांग्रेसले आफ्नो धैर्य गुमाएनौं ।

हामीलाई भनियो, कांग्रेस प्रतिपक्षी जस्तो भएन । तर पनि जनताको स्वास्थ्य जोखिममा हुँदा हामी त्यसबेला चुप लाग्न बाध्य थियौं । ओलीले रामचन्द्रमाथि आक्रमण गरेर मात्र होइन, हामी प्रतिपक्षी जस्तो भएनौं भनेर मात्र होइन कि सरकारको अहिलेको कामले जनताका जीवन जोखिममा भएकाले हामी विरोध गर्न बाध्य भएका हौं । हामीलाई हरेक दिन जनताको जीवन जाला भन्ने चिन्ता छ ।

कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा दुव्र्यवहार गरेपछि र कोरोना नियन्त्रणमा सरकार नै भ्रष्ट बनेको भन्दै विरोध प्रदर्शन आह्वान गरिएको थियो । पोखरामा सोमबार प्रदर्शन हुनु अगाडि आइतबार नेपाल विद्यार्थी संघ (नेविसं) ले सिठ्ठी जुलुस निकालेको थियो ।

तपाईको प्रतिक्रिया