२१२ स्वाब परीक्षण गर्दा ८६ संक्रमित थपिए

समाधान संवाददाता २०७७ मंसिर २९ गते १९:१८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा सोमबार ८६ कोरोना संक्रमित थपिएका छन् । २ सय १२ स्वाब परीक्षण गर्दा ४ जिल्लाका ८६ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीका ६८, नवलपुरका १०, तनहुँका ६ र स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको हो ।

योसहित प्रदेशमा संक्रमित संख्या १३ हजार ४ सय २१ पुगेको छ । संक्रमितमध्ये ११ हजार ६ सय ७६ जना निको भएका छन् । १ सय ८४ जनाको मृत्यु भएको छ ।

कास्कीका १०३, नवलपुरका २०, तनहुँका २०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जनाको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया