सामुदायिक माटेपानीमा प्रशिक्षण

समाधान संवाददाता २०७७ पुष १ गते १२:३७

समाधान संवाददाता, पोखरा

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले बाल बालिका तथा महिला हिंसा विरुद्व सचेतनामूलक प्रशिक्षण गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा सदस्य विष्णु सुनारले लैंगिक हिंसा न्यूनीकरणको लागि अभियान सुरुवात गर्नुपर्ने बताइन् ।

Advertisement

उनले आफुले पनि कसैलाई हिंसा नगर्ने र अरु कसैले हिंसा गरेको थाहा पाएमा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा सेवा केन्द्रका अध्यक्ष वलबहादुर कार्की, निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष मीरादेवी पन्त, सचिव इन्दिरा पन्त, ढिकालेथर सेवा समाज पोखरा १२ का अध्यक्ष सूर्यबहादुर केसी,ढिकालेथर आमा समूहका अध्यक्ष गंगादेवी पन्तले हिंसाको बारेमा बोलेका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक होतबहादुर रोकायले प्रशिक्षण दिएको कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, प्रहरी इन्चार्ज तथा जवान, पोखरा १२ का आमा समूह, युवा क्लब, समाजसेवी गरी ४१ जनाको सहभागिता रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया