६१ संक्रमित थपिए, २ को मृत्यु

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका ७ जिल्लामा ६१ संक्रमित थपिएका हुन् ।
थपिनेमा कास्कीका ३८ जना छन् । गोरखामा ७, तनहुँमा ६, लमजुङमा ५, स्याङ्जामा ३ संक्रमित थपिँदा बागलुङमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ८३ पुगेको छ । त्यसमध्ये ११ हजार ७ सय ६५ संक्रमित निको भएका छन् ।
बुधबार थप २ संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार कास्कीका २ संक्रमितको मृत्यु भएको हो ।
पोखरा १२ का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान ५ः४५ बजे पोखरास्थित फिस्टेल अस्पतालमा मृत्यु भएको हो । मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।
यसैगरी पोखरा १ का ७६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मंगलबार राति १०ः२० बजे पोखरास्थित फिस्टेल अस्पतालमा मृत्यु भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ८६ पुगेको छ ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया